साढे ८ अर्ब बढीको कारोबारसहित २३ अंकले बढ्यो नेप्से

nepaltathya_news nepaltathya_news
|
सोमबार, जेठ २६, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • २६ जेठ, काठमाडौं ।
  • सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको छ ।
  • सोमबार नेप्से २३.

२६ जेठ, काठमाडौं ।

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको छ । सोमबार नेप्से २३.१९ अंकले बढेर २६५३ विन्दुमा पुगेको छ । दिनभरमा ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ७५ लाख १ हजार ८०२ कित्ता शेयर कारोबार भएको छ ।

सोमबार १९१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ५६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । दिनभरमा ३२४ वटा कम्पनी कारोबारमा आउँदा ७८ हजार ८४८ पटक शेयर किनबेच भएको छ । १३ वटा समूहमध्ये सोमबार होटल तथा पर्यटन, जीवन बीमा र ट्रेडिङ समूह बाहेक अन्य सबै समूह बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?