अमेरिकामा १४ वर्षीय बालकले गोली चलाउँदा ४ जनाको मृत्यु

nepaltathya_news nepaltathya_news
|
बिहिबार, भाद्र २०, २०८१
|
|
११ पटक हेरिएको
Shares

सारांश

  •   काठमाडौं ।
  • अमेरिकाको जर्जिया राज्को एक विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु भएको छ।
  • सिएनएनका अनुसार यस घटनामा ९ जना घाइते भएका छन्।

 

काठमाडौं ।अमेरिकाको जर्जिया राज्को एक विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु भएको छ।सिएनएनका अनुसार यस घटनामा ९ जना घाइते भएका छन्। एटलान्टाको लगभग ८० किलोमिटर उत्तर पूर्वमा रहेको ब्यारो काउन्टीको अपलाची हाई स्कुलमा १४ वर्षीय बालकले गोली चलाएको मिडिया रिपोर्टमा उल्लेख छ। गोली चलाउने बालक पनि सोही विद्यालयको नै भएको स्थानीय प्रहरीले बताएको छ। गोली चल्दा दुई शिक्षक र दुई विद्यार्थीको मृत्यु भएको छ भने ८ विद्यार्थी र एक शिक्षक घाइते भएका छन्।प्रहरीले गोली चलाउने विद्यार्थीलाई पक्राउ गरेको र उनलाई एडल्टलाई जस्तै कारबाही गर्ने बताएको छ। अमेरिकामा विद्यालयमा गोली चल्ने घटना पटक पटक हुने गर्दछन् । २०२४ मा मात्र अमेरिकाको विद्यालयमा गोली चलेको यो ४५औ घटना हो। यस अघि २०२३ मा ८२ विद्यालयमा गोली चलेको थियो बने २०२२मा ७९ र २०२१ मा ७३ विद्यालयमा गोली चलेका थिए । राष्ट्रपति जो बाइडेनले विद्यालयमा भएको गोली काण्डमा दुःख व्यक्त गरेका छन्।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?