फाइनल खेलमा एपीएफसामु जितका लागि ६८ रनको लक्ष्य
सारांश
- १२ माघ, काठमाडौँ ।
- प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशले सशस्त्र प्रहरी बल (एपीएफ) सामु जितका लागि ६८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
- टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १८.
१२ माघ, काठमाडौँ ।
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशले सशस्त्र प्रहरी बल (एपीएफ) सामु जितका लागि ६८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १८.१ ओभरमा सबै विकेट गुमाएर ६७ रन बनाएको हो ।
टोलीका लागि मनिषा बोहोराले सर्वाधिक १८ रनको योगदान दिइन् । उनले २३ बलमा ३ चौका प्रहार गरिन् । कप्तान बिन्दु रावलले २४ बलको सामना गर्दै १७ रन बनाइन् । उनले २ चौका हिर्काइन् । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । ओपनर रेवती धामी र रितु कनौजियाले ७–७ रन बनाए ।



प्रतिक्रिया