शिक्षक नियुक्ति घुस काण्ड : प्रधानाध्यापकसहित दुई जना पक्राउ

nepaltathya_news nepaltathya_news
|
शनिबार, आश्विन २५, २०८२
|
|
२ पटक हेरिएको
Shares

सारांश

  • २५ असोज,  रौतहट ।
  • रौतहटको देवाही गोनाही नगरपालिका–९ स्थित जय किसान नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जय प्रसाद साह घुस लिएको आरोपमा पक्राउ परेका छन्।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई शुक्रबार राति धरहरीस्थित उनको घरबाट नियन्त्रणमा लिएको हो ।

२५ असोज,  रौतहट ।

रौतहटको देवाही गोनाही नगरपालिका–९ स्थित जय किसान नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जय प्रसाद साह घुस लिएको आरोपमा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई शुक्रबार राति धरहरीस्थित उनको घरबाट नियन्त्रणमा लिएको हो । प्रधानाध्यापक साहले विद्यालयमा माध्यमिक तह (द्वितीय) विज्ञान विषयका शिक्षक नियुक्ति परीक्षामा पास गराइदिने भन्दै साढे चार लाख रुपैयाँ घुस मागेको खुलासा भएको अख्तियार स्रोतले जनाएको छ ।

उक्त रकम लिँदै गर्दा उनका सहयोगी अरविन्द प्रकाश साह पनि रंगेहात पक्राउ परेका हुन् । अख्तियारको टोलीले वीरगन्जस्थित राधेमाई स्वीट्स एण्ड भोजनालयबाट अरविन्दलाई रकमसहित नियन्त्रणमा लिएपछि थप अनुसन्धानका क्रममा धरहरी पुगेर प्रधानाध्यापक सञ्जय साहलाई पक्राउ गरेको थियो। परीक्षामा सहभागी एक शिक्षकसँग रकम मागिएको सूचनाका आधारमा अख्तियारले निगरानी राख्दै पक्राउ प्रक्रिया अघि बढाएको बताईएको छ । पक्राउ परेका दुवै जनालाई प्रारम्भिक सोधपुछपछि शुक्रबार राति नै थप अनुसन्धानका लागि काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भिरबाट लडेर महिलाको मृ*त्यु
मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
मेडिकल कलेजहरुले १९ हजार मात्र तलव दिएको भन्दै डाक्टरहरु सडकमा
जसपा नेपालको केन्द्रीय समन्वय समितिको प्रथम बैठक सुरु
जनकपुरधाम उपमहानगरका कर्मचारीहरुले गरे पेन डाउन, उपमेयरले दुव्र्यवहार गरेको आरोप
बझाङमा ५१ र इलाममा ५५ प्रतिशत मतदान
पत्रकार अर्जुन आचार्यमाथि भएको आक्रमणप्रति प्रेस सेन्टर मोरङको भर्त्सना, दोषीलाई कारबाहीको माग
सर्लाहीमा पूर्वसांसद प्रमोद साहमाथि आक्रमण, ३ जना पक्राउ
स्कटल्यान्डविरुद्ध नेपालले बलिङ रोज्यो, नन्दनको ठाउँमा बसिर
युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानको प्रदर्शन आज