रसुवाबाट २ किलो सुनसहित एक जना पक्राउ

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, मंसिर ७, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   ७ मंसिर, काठमाडौं ।
  • रसुवाको कालिका गाउँपालिका–१ ग्राङबाट दुई किलो सुनसहित एक जना पक्राउ परेका छन् ।
  • गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी केशव भट्टराईले बताए ।

 

७ मंसिर, काठमाडौं । रसुवाको कालिका गाउँपालिका–१ ग्राङबाट दुई किलो सुनसहित एक जना पक्राउ परेका छन् । गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी केशव भट्टराईले बताए ।

उनका अनुसार कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४३ प २४३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक लामाले जुत्ताको सोलमा लुकाएको अवस्थामा सुन बरामद भएको थियो । यसबारे आवश्यक अनुसन्धान र जाँचका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको डीएसपी भट्टराईले जानकारी दिए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न मन्त्री देवकोटा निर्देशन
सिरहा लहानबाट ठूलो परिमाणको गाँजा सहित दुई जना पक्राउ
१४ अंक बढ्यो सेयर बजार, घट्यो कारोबार
अख्तियारबाटै प्रश्न उठेपछि गृहमन्त्रीले सच्याए डीआईजी सरुवाको निर्णय
आजको मौसमः पहाडका केहि क्षेत्रमा बदली, मुख्यतया सफा रहने
तमान खोलागाउँपालिकाका एकसय सत्र घरमा खानेपानीका धारा जडान
आजको मौसमः देशका विभिन्न क्षेत्रमा हावाहुरीसहित वर्षाको सम्भावना
बैंककबाट काठमाडौं आएकी युवती ६ किलो गाँजासहित विमानस्थलबाट पक्राउ
बालकुमारीमा खटिएका डिएसपी र मन्त्री ज्वालाका पिएसओ निलम्बित
सभामुखलाई भेटेर रवि लामिछानेको निलम्बन फुकुवाको माग