तमान खोलागाउँपालिकाका एकसय सत्र घरमा खानेपानीका धारा जडान

nepaltathya_news nepaltathya_news
|
मंगलबार, बैशाख ३०, २०८२
|
|
७ पटक हेरिएको
Shares

सारांश

  •    ३० वैशाखः बागलुङ  ।
  • यहाँको सबैभन्दा विकट तमान खोलागाउँपालिका–६ नर्जा खानीमा खानेपानी समस्या समाधान भएको छ ।
  • वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयको घरघरमा धारासहित पानीको सुविधा पुगेको हो ।

 

 ३० वैशाखः बागलुङ  ।

यहाँको सबैभन्दा विकट तमान खोलागाउँपालिका–६ नर्जा खानीमा खानेपानी समस्या समाधान भएको छ । वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयको घरघरमा धारासहित पानीको सुविधा पुगेको हो । एक गाग्री पानी भर्न घण्टौँ कुर्नु पर्ने समस्या समाधान भएको स्थानीयको भनाइ छ । गाउँपालिकाको रु ४० लाख लागतमा गाउँमा ११७ धारा निर्माण भएका छन् । ‘एक घर, एक धारा’ निर्माण भएपछि समस्या समाधान भएको स्थानीय भिमकुमारी छन्त्यालले बताउनुभयो ।

 

छन्त्यालले भन्नुभयो, “बिहान सबेरै उठेर धाराबाट पानी ल्याउँदै समय जान्थ्यो, केटाकेटीलाई स्कुल पठाउन सधैँ हतार हुन्थ्यो, अहिले त्यो समयको भने सदुपयोग भएको छ, आँगनमै धारो भएपछि सजिलो भएको छ ।” खानेपानी आयोजना सम्पन्न गर्न स्थानीयले जनश्रमदानबापत रु पाँच लाख बराबरको काम गरेको थिए । साथै रु एक लाख स्थानीयले संकलन गरी कुल रु सो वडाका वडाअध्यक्ष चित्रबहादुर छन्त्यालले बताउनुभयो । आयोजनाद्वारा नर्जा खानी गाउँका १११ घरधुरीमा धारा जोडिएका छ न्भने छ वटा सार्वजनिक स्थानमा धारा निर्माण गरिएको छ । आयोजना सुरु भएको दुई वर्षभित्र गाउँलेले एक घर एक धारा निर्माण गर्न सफल भएका हुन् । भौगोलिक हिसाबले कठिन रहेको यस क्षेत्रको खानेपानी समस्या समाधानलाई गाउँपालिकाले पहिलो प्रथामिकतामा राखेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ऊर्जा क्षेत्रबाटै समाजवादको अभ्यास शुरु गरौंः मन्त्री खड्का
निर्वाचनसम्बन्धी छलफलका लागि आयोगले पठायो राजनीतिक दललाई पत्र
एमाले अध्यक्ष ओली र वामदेव गौतमबिच भेटवार्ता
आन्दोलनरत शिक्षक र प्रहरीबीच बानेश्वरमा झडप
ललितपुरको प्रत्येक सम्पदामा आस्था र सभ्यताको झल्को छ : प्रधानमन्त्री
आजदेखि देशभरका शिक्षक काठमाडौँका सडकमा उत्रिँदै
विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि हमला गर्नेलाई हदैसम्मको कारबाही हुन्छ : गृहमन्त्री
देशका विभिन्न कारागार बाट ५ हजार ६९७ कैदीबन्दी अझै फरार
चुनावबाट कुनै प्रकारले पछाडि फर्कन मिल्दैन : गगन थापा