लागूऔषधसहित तीन जना भारतीय पक्राउ

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, चैत्र २९, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २९ चैत, पश्चिम नवलपरासीबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।
  • जिल्लाको पाल्हिनन्दन गाउँपालिका–३ दुर्गा मन्दिर चोकबाट शुक्रबार सशस्त्र प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
  •   पक्राउ पर्नेमा भारतका ४५ वर्षीय अमरजित हरिजन, २५ वर्षीय कपिलदेव सहानी र २१ वर्षीय दिलिप गौतम छन्।

 

२९ चैत, पश्चिम नवलपरासीबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको पाल्हिनन्दन गाउँपालिका–३ दुर्गा मन्दिर चोकबाट शुक्रबार सशस्त्र प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।  पक्राउ पर्नेमा भारतका ४५ वर्षीय अमरजित हरिजन, २५ वर्षीय कपिलदेव सहानी र २१ वर्षीय दिलिप गौतम छन्। यूपी ५६ के ८६७८ र यूपी ५६ के १९५६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरिएको हो।

पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरी निरीक्षक सहदेव चौधरीको कमान्डमा खटिएको टोलीले १ सय ४९ वटा प्याकेटमा रहेको ब्राउन सुगर जस्तो देखिने खैरो धुलोसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक एवं सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन्। साथै उनीहरूको साथबाट अन्य सामानहरू समेत बरामद भएको छ। उनका अनुसार नियन्त्रणमा लिएका तीनै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादीको विरोध सरकारमा नहुनुको छटपटी: प्रधानमन्त्री
नेपालमा व्यवासाय गर्ने सबैले नेपालको कानुन मान्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ
विराटनगरले बनायो एनपीएलकै उच्च स्कोर, पोखरालाई २२१ रनकाे चुनाैती
२५ करोडसहित पक्राउ परेका व्यक्ति सार्वजनिक
फेसबुक, ट्वीटर, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधिसभाको बैठक जारी
टीयू मैदानमा फ्लडलाईटमुनि एनपीएल हेर्दा भावुक भएँ : पृथु बास्कोटा
कुलिङ पिरियडमा गडबडीको जिम्मा समिति सभापतिले लिनुपर्छ: मुख्यसचिव अर्याल
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
विपक्षी दलहरूको बैठक जारी