इङल्याण्डमाथि वेस्ट इण्डिज ५ विकेटले विजयी

nepaltathya_news nepaltathya_news
|
आइतबार, मंसिर २, २०८१
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   २ मंसिर, काठमाडौं ।
  • वेस्ट इण्डिजले इङल्याण्डविरुद्धको टी-२० सिरिजमा पहिलो जित हासिल गरेको छ ।
  • गएराती सम्पन्न सिरिजको चौथो खेलमा वेस्ट इन्डिजले इङल्याण्डलाई ५ विकेटले पराजति गरेको हो ।

 

२ मंसिर, काठमाडौं । वेस्ट इण्डिजले इङल्याण्डविरुद्धको टी-२० सिरिजमा पहिलो जित हासिल गरेको छ ।

गएराती सम्पन्न सिरिजको चौथो खेलमा वेस्ट इन्डिजले इङल्याण्डलाई ५ विकेटले पराजति गरेको हो । इङल्याण्डले दिएको २१९ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । वेस्ट इन्डिजको जितमा एभिन लेविसले सर्बाधिक ६८ र शाइ होपले ५४ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको इङल्याण्डले २० ओभरमा ५ विकेट गुमाउँदै २१८ रन बनाएको थियो । इङल्याण्डका लागि ज्याकब बेथेलले सर्बाधिक ६२ रन बनाए भने फिल साल्टले ५५ रन बनाएका थिए । यो जितपछि वेस्ट इन्डिजले ५ खेलको सिरिजमा पहिलो जित हासिल गरेको छ । तर सिरिज भने इङल्याण्डले ३-१ ले जितिसकेको छ । अब सिरिजको अन्तिम खेल सोमबार हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ