रास्वपाले एकतर्फि रुपमा सहमति भंग गर्यो : कुलमान

nepaltathya_news nepaltathya_news
|
शनिबार, पौष २६, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले रास्वपाको साधारण सदस्यको रुपमा बस्छु भन्दा पनि रास्वपाले एकतर्फि रुपमा सहमति भंग भएको घोषणा गरेको बताएका छन् ।
  • शनिबार भएको केन्द्रीय समिति बैठकपछिको पत्रकार सम्मेलनमा बोल्दै उनले आज अन्तिम चरणमा सहमतिको लागि प्रस्ताव अगाडि सारेको साधारण सदस्य भएर बस्छु भन्दा पनि अन्तिममा आएर एकतर्फि रुपमा सहमति भंग भएको घोषणा गरेको बताए ।

काठमाडौं ।

उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले रास्वपाको साधारण सदस्यको रुपमा बस्छु भन्दा पनि रास्वपाले एकतर्फि रुपमा सहमति भंग भएको घोषणा गरेको बताएका छन् ।
शनिबार भएको केन्द्रीय समिति बैठकपछिको पत्रकार सम्मेलनमा बोल्दै उनले आज अन्तिम चरणमा सहमतिको लागि प्रस्ताव अगाडि सारेको साधारण सदस्य भएर बस्छु भन्दा पनि अन्तिममा आएर एकतर्फि रुपमा सहमति भंग भएको घोषणा गरेको बताए ।

उज्यालो नेपाल पार्टीले पदको ठूलो ठूलो मोलभाउ गर्यो भनेर मिडियामा आएका कुराहरु सरासर गलत भएको भन्दै आफूहरु सहमति टुंगाउने पक्षमा रहेको बताए । उनले भने, ‘जुन किसिमले मिडियामा धेरै कुराहरु आएको छ । हामीले पदको ठूलो ठूलो मोलभाउ गर्यौ भनेर त्यो सरासर गलत हो । म आफैं पनि उपाध्यक्ष त्यो भने वर्गीयताको क्रममा धेरै तल भएपनि मैले सहेर गएको थिए र मैले आज अन्तिम चरणमा सहमतिको लागि प्रस्ताव अगाडि सारेको थिए । म एउटा साधारण सदस्य भएर बस्छु हाम्रो केन्द्रीय सदस्यहरुलाई मिलाएर अगाडि बढौं पनि भनेको थिए । तर उहाँहरुले धेरै समय लिनुभयो र अन्तिममा आएर एकतर्फि रुपमा उहाँहरुले यो सहमति भंग भएको घोषणा गर्दिनुभयो, हामीले गरेको होइन ।’

यस्तै, उनले जेनजीका मागहरु पूरा गर्न र देशलाई संकटबाट बाहिर ल्याउनको लागि रास्वपासँग सहमति गरेको उल्लेख गर्दै त्यो सहमति आज अत्यन्तै हिनताबोधका साथ छोड्नुपर्ने अवस्था आएको बताए ।
उनले भने, ‘यो पार्टीलाई मेरो नेतृत्वमा देशव्यापी रुपमा प्रभावकारी रुपमा अगाडि बढाउने छु भन्ने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु । हामीले जेनजीका मागहरु पूरा गर्न र देशलाई संकटबाट बाहिर ल्याउनको लागि रास्वपासँग सहमति गरेका थियौं । पुष १४ गते भएको उक्त सहमति आज २६ गते भयो अत्यन्तै हिनताबोधका साथ हामीले अगाडि बढाउनुपर्ने अवस्था आयो । सहमतिहरुमा हाम्रो कुनै प्रकारको ठूलो माग पनि थिएन् । यसलाई छिटोभन्दा छिटो कार्यान्वयन गर्दै जाउँ भन्ने हाम्रो माग थियो ।’ यो १२ दिनसम्म हामीलाई रोकेर राखेर रास्वपाले ठाँउ ठाँउमा उनेपाका सदस्यहरुलाई पार्टी प्रवेश गराएको पनि उनको आरोप छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी
स्थानीय सरकारले गाउँगाउँमा सिंहदरबार पु-याएको छः प्रधानमन्त्री
गाजामा इजरायली ट्याङ्कले गोली चलाउँदा २६ जनाको मृ*त्यु
ओलीलाई प्रचण्डको आरोप- देशकै जाली, झेली, कपटी र बेइमानी हुन्
हालसम्म १४ लाख ३५ हजार बढीलाई एचपीभी खोप प्रदान
सर्वोच्चको आदेशपछि कालीगण्डकीमा उत्खनन सुरु
पठाओका हाकिम बस्न्यातले गरे काठमाडौं १ बाट चुनाव लड्ने घोषणा
कोशीप्रदेश योजनाआयोगको उपाध्यक्षमातारानाथ निरौलानियुक्त
सातै प्रदेशमा मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै
संसदीय छानबिन समिति गठनमा कांग्रेसले अडान नछाड्ने