अनिललाई किन्न ८ टोलीको नै प्रतिस्पर्धा, जनकपुरमा भाग्यमानी

nepaltathya_news nepaltathya_news
|
आइतबार, आश्विन २०, २०८१
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  •   २० असोज, काठमाडौं ।
  • विकेट किपर, ब्याटर अनिलकुमार साहलाई १५ लाखमा जनकपुर बोल्ट्सले पाएको छ ।
  • अनिलकुमार साहले न्यूनतम १० लाख रुपैयाँ राखेका थिए ।

 

२० असोज, काठमाडौं । विकेट किपर, ब्याटर अनिलकुमार साहलाई १५ लाखमा जनकपुर बोल्ट्सले पाएको छ ।

अनिलकुमार साहले न्यूनतम १० लाख रुपैयाँ राखेका थिए । उनलाई किन्न अक्सनमा सबै ८ टोलीले प्रतिस्पर्धा गरेका थिए । लक्की ड्रमार्फत जनकपुरले पाएको हो । जारी अक्सनमा सबै ८ टोलीले नै मूल्य लगाउने अनिल एक्लो खेलाडी हुन् ।

नेपालबाट पछिल्लो समय राम्रो प्रदर्शन गरेको हुँदा महँगो मूल्य पाएका हुन् । जनकपुरमा आसिफ शेख मार्की खेलाडीको रुपमा छन् । नेपालका दुई विकेटकिपर आसिफ र अनिलले ओपनिङ गर्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ