बंगलादेशलाई हराउँदै पाकिस्तान एसिया कपको फाइनलमा

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, आश्विन १०, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  • १० असोज, काठमाडौं ।
  • पाकिस्तान एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
  • बिहीबार राति भएको खेलमा बंगलादेशलाई हराउँदै पाकिस्तानले भारतसँगको फाइनल भिडन्त पक्का गरेको हो ।

१० असोज, काठमाडौं ।

पाकिस्तान एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा बंगलादेशलाई हराउँदै पाकिस्तानले भारतसँगको फाइनल भिडन्त पक्का गरेको हो ।गएराति भएको सुपर फोरको खेलमा पाकिस्तानले दिएको १३६ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाएर १२४ रन मात्र बनाउन सक्यो । शमिम होसेनले सर्वाधिक ३० रन बनाए । सेफ हसनले १८ तथा नुरुल हसन सोहन र रिशाद होसेनले समान १६ रन बनाए । मेहदी हसनले ११, तनजिम हसन साकिबले १० रन बनाए ।

पाकिस्तानका शाहिन अफ्रिदीले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिए । हारिस राउफले ३३ रन दिएर ३ विकेट लिए । सायम अयुबले २ तथा मोहमम्द नवाजले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनाएको थियो । मुहम्मद हारिसले सर्वाधिक ३१ रन बनाए । मोहम्मद नवाजले २५ रन बनाए । सलमान आघा र शाहीनले समान १९ रन बनाए । फहीम अशरफले अविजित १४ रन बनाए भने फखार जमानले १३ रन बनाए । बंगलादेशका तास्किन अहमदले ३ विकेट लिँदा मेहदी हसन र रिशाद होसेनले २-२ तथा मुस्तफिजुर रहमानले १ विकेट लिए । प्रतियोगितामा भारत र पाकिस्तान तेस्रो पटक भिड्ने छन् । यसअघि भएका दुवै खेलमा भारतले बाजी मारेको थियो । तेस्रो भेटमा पाकिस्तानलाई उपाधि जित्नेसँगै बदला लिने समेत अवसर हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?