सुदूरपश्चिमलाई साक्षर प्रदेशको रूपमा औपचारिक घोषणा

nepaltathya_news nepaltathya_news
|
बिहिबार, आषाढ १२, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • १२ असार, काठमाडौं ।
  •   सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशलाई ‘साक्षर सुदूरपश्चिम प्रदेश’ को रूपमा औपचारिक घोषणा गरेका छन् ।
  • सामाजिक विकास मन्त्रालयले बिहिबार धनगढीमा आयोजना गरेको साक्षर सुदूरपश्चिम प्रदेश घोषणा सभा समारोहमा मुख्यमन्त्री शाहले घोषणा गरेका हुन् ।

१२ असार, काठमाडौं । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशलाई ‘साक्षर सुदूरपश्चिम प्रदेश’ को रूपमा औपचारिक घोषणा गरेका छन् ।सामाजिक विकास मन्त्रालयले बिहिबार धनगढीमा आयोजना गरेको साक्षर सुदूरपश्चिम प्रदेश घोषणा सभा समारोहमा मुख्यमन्त्री शाहले घोषणा गरेका हुन् ।यसअघि सुदूरपश्चिमका सबै ९ जिल्लाहरू क्रमशः साक्षर जिल्ला घोषित भइसकेका थिए।

सुदूरपश्चिम यो उपलब्धि हासिल गर्ने चौथो प्रदेश बनेको छ, यसअघि बाग्मती, गण्डकी र कोशी प्रदेश साक्षर घोषित भइसकेका छन्। घोषणासभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले विश्व अहिले सूचना, प्रविधि र वैज्ञानिक युगमा प्रवेश गरिसकेकाले सोही अनुसारको शिक्षा लागू गर्नुपर्नेमा जोड दिए । उनले सुदूरपश्चिमको शैक्षिक स्थिति उजागर गर्नका लागि प्रदेश सरकार लागि परेको बताएका हुन् । ८८ वटा स्थानीय तहमा गरिएको सर्वेक्षण र शिक्षा विकास निर्देशनालय तथा साक्षरता अभियान प्रदेश समन्वय समितिको प्रतिवेदनका आधारमा यो निर्णय लिइएको हो । प्रतिवेदनमा १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिकहरू साक्षर भइसकेको तथ्यांक रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?