बाढी–पहिरो पीडितको सहायताका लागि सरकारले गुहार्‍यो विकास साझेदार

nepaltathya_news nepaltathya_news
|
सोमबार, आश्विन १४, २०८१
|
|
२ पटक हेरिएको
Shares

सारांश

  •   १४ असोज, काठमाडौं ।
  • राष्ट्रिय विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठकले बाढीपहिरो लगायतका मनसुनजन्य विपद्मा परी बेपत्ता भएका परिवारलाई मृतक सरह राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
  • साथै सहायताका लागि विकास साझेदारहरुलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

 

१४ असोज, काठमाडौं । राष्ट्रिय विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठकले बाढीपहिरो लगायतका मनसुनजन्य विपद्मा परी बेपत्ता भएका परिवारलाई मृतक सरह राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

साथै सहायताका लागि विकास साझेदारहरुलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । आज बिहान बसेको बैठकले वेपत्ता भएको १० दिनसम्म पनि फेला नपरेका व्यक्तिलाई मृतक सरह मानेर परिवारका सदस्यलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले घरबास गुमाएकाहरुलाई अस्थायी आवास बनाउने नगद उपलब्ध गराउने निर्णय पनि गरेको छ । त्यसका लागि सम्बन्धित स्थानीय तहले लाभग्राही पहिचान गरेपछि राहत रकम वितरण गरिने छ ।

अस्थायी आवास निर्माण अनुदानसम्बन्धी मापदण्ड, २०८१ बमोजिम रकम उपलब्ध गराइने गृह मन्त्रालयका प्रवक्ता तिवारीले जानकारी दिए । घरबास गुमाएकाहरुलाई तत्कालका लागि २५ हजार रुपैयाँ उपलब्ध गराइने छ । बैंक खाता भएकालाई बैंकमा जम्मा गरिदिने र बैंक खाता नभएकाले चेक पाउने छन् । चेक साट्न भने बैंकमै पुग्नुपर्ने छ ।

त्यसबाहेक जिल्ला प्रशासन कार्यालयले तत्कालका पाँच जनासम्मको परिवारलाई १५ हजार र पाँच भन्दा बढी सदस्य भएका परिवारलाई २० हजार रुपैयाँको दरले राहत रकम पनि उपलब्ध गराउने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?