मैत्रीपूर्ण टी-२० खेलमा नेपाल हङकङसँग पराजित

nepaltathya_news nepaltathya_news
|
शनिबार, फाल्गुन २६, २०८०
|
|
१५ पटक हेरिएको
Shares

सारांश

  • २६ फागुन, काठमाडौं ।
  • हङकङविरुद्धको फ्रेण्डसीप कप क्रिकेटमा नेपाल पराजित भएको छ।
  • हङकङस्थित मिसन रोड ग्राउन्डमा शनिबार भएको टी–२० खेलमा नेपाल ७३ रनले पराजित भएको हो।

२६ फागुन, काठमाडौं । हङकङविरुद्धको फ्रेण्डसीप कप क्रिकेटमा नेपाल पराजित भएको छ।

हङकङस्थित मिसन रोड ग्राउन्डमा शनिबार भएको टी–२० खेलमा नेपाल ७३ रनले पराजित भएको हो। २१३ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको नेपाल १६.४ ओभरमा १३९ रन बनाएर अलआउट भयो। नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ४२ रन बनाए। आरिफ शेखले ३८ र कप्तान रोहित कुमार पौडेले ३०, रन बनाए। नेपालका अन्य ६ खेलाडीले दोहोरो अंक बनाउन सकेनन्।

हङकङका लागि ऐजाज खानले चार विकेट तथा एहेसान खानले तीन विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा २१२ रन बनाएको थियो । हङकङका लागि बाबर हायातले शतकीय पारी खेले । बाबरले ४९ बलमा ११० रन बनाए। उनले ४६ बलमा ३ चौका र १२ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। यो उनको टी–२० मा दोस्रो शतक हो । उनलाई अन्तिम ओभरमा आकाशले आउट गरे ।

अन्शुमन रथले ३९ र मार्टिन कोत्एजीले ३१ रन बनाए। नेपालका लागि डेब्यू गरेका आकाश चन्दले ३ विकेट लिए। आरिफ शेख, प्रतिश जीसी र राशिद खानले १–१ विकेट लिए। अब मार्च १० देखि १३ सम्म हुने नेपाल, हङकङ र पीएनजीबीच टी–२० त्रिदेशीय सिरिज हुनेछ। आइतबार पहिलो खेलमा नेपाल र हङकङ आमने सामने हुनेछन्।

मार्च १२ मा पीएनजीले एकै दिन हङकङ र नेपालसँग प्रतिस्पर्धा गर्नेछ। सिरिजको फाइनल भने मार्च १३ मा हुनेछ। लिग चरणमा शीर्ष २ मा पर्ने टोलीले फाइनल खेल्दा तेस्रो हुने टोलीले भने हङकङ ए सँग टी–२० खेल्ने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रिपरिषद् बैठकले गर्यो चार जना सचिवको सरूवा
राष्ट्रिय सभाका अध्यक्ष रसमिति सभापति बिच छलफल
भारततर्फ लैजाँदै गरेको ३०० किलो चरेससहित पर्साबाट एकजना पक्राउ
संविधानको मर्मअनुसार कानून निर्माण हुनुपर्छः मन्त्री खड्का
कोशीका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत
ट्र्याक्टरमा च्यापिएर चालकको मृत्यु
हिमपातले अवरुद्ध नाग्म-गमगढी सडक अझै खुलेन
विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर संवाद गरिरहेको छ : प्रधानमन्त्री
सरकारले गुणात्मक परिवर्तनको मौका गुमायो : डा. भट्टराई
उपराष्ट्रपति यादव र अमेरिकी राजदूत थम्प्सनबिच शिष्टाचार भेटवार्ता