सुनको भाउमा लगातार बृद्धि, आज पनि बनायो नयाँ रेकर्ड

nepaltathya_news nepaltathya_news
|
बुधबार, आश्विन ९, २०८१
|
|
८ पटक हेरिएको
Shares

सारांश

  •   ९ असोज , काठमाडौँ- नेपाली बजारमा बुधबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको हो।
  • जुन मूल्य अहिलेसम्मकै उच्च भएको महासंघले बुधबार प्रकाशित गरेको सूचनामा उल्लेख छ।

 

९ असोज , काठमाडौँ- नेपाली बजारमा बुधबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको हो।जुन मूल्य अहिलेसम्मकै उच्च भएको महासंघले बुधबार प्रकाशित गरेको सूचनामा उल्लेख छ। अघिल्लो दिन मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको थियो। जसअनुसार आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढेको हो।

यस्तै छापावाल सुन प्रति १० ग्राम भने बुधबार १ लाख ३७ हजार ५१५ रुपैयाँ कायम भएको छ। यस्तै चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ९५५ रुपैयाँ कायम भएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एम्बुलेन्समा लागुऔषध तस्करी गरेर करोडपति !
बागमती सरकारबाट बाहिरियाे एमाले, मन्त्रीहरुले बुझाए राजीनामा
गजुरीमा गुडिरहेको माइक्रो बसमाथि रूख ढल्दा सात जना घाइते
रौतहटमा नदीमा नुहाउने क्रममा डुबेर दुइ बालिकाको मृ*त्यु
आज दिउँसो र राति केही ठाउँमा भारी वर्षाको सम्भावना
यी हुन् सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका ४१ स्थानीय तह
मन्दिरमा दुई हात्ती भिडेपछि भारतमा ३ जनाको मृत्यु, ३० घाइते
माछा खाएर बिरामी भएका एकै परिवारका ३ बालबालिकाको मृत्यु
तनहुँ यात्रुवाहक बस दुर्घटना : ५ जना घाइतेलाई अस्पताल लगियो
वित्तीय प्रणालीमा २ खर्ब तरलता थुप्रिएपछि ९० अर्ब खिच्दै केन्द्रीय बैंक