उपनिर्वाचनमा यातायातको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन

nepaltathya_news nepaltathya_news
|
सोमबार, बैशाख १०, २०८१
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • १० वैशाख, काठमाडौं ।
  • यही वैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा मतदाताहरूको सहज आवागमनको लागि यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।
  • आयोगको सोमबार बसेको बैठकले गृह मन्त्रालयलाई सो निर्देशन दिएको हो ।

१० वैशाख, काठमाडौं । यही वैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा मतदाताहरूको सहज आवागमनको लागि यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।

आयोगको सोमबार बसेको बैठकले गृह मन्त्रालयलाई सो निर्देशन दिएको हो । इलाम जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ र बझाङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं. १(१) मा उपनिर्वाचन हुँदैछ । दुई जिल्लासँग जोडिएका राष्ट्रिय राजमार्गमा सार्वजनिक यातायातका साधनहरूको आवागमनको उपयुक्त व्यवस्था मिलाउन आयोगले भनेको छ ।

’निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकुल प्रभाव नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनको लागि यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालय मार्फत निर्देशन दिने,’ आयोगको निर्णयमा भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन दिन लगातार बढेको सुनको मूल्य आज घट्यो
जनतासँग सम्बन्ध सुदृढ गर्न जागरण अभियान : अध्यक्ष दाहाल  
नयाँ सरकारको एकसय कार्यसूचीमा पर्यटन पूर्वाधार र लगानी प्राथमिकतामा
संसदमा आज प्रधानमन्त्री र सांसदहरूबीच प्रत्यक्ष प्रश्नोत्तर हुने
आइपिएलको मिति घोषणा, फाइनल खेल २५ मेमा
सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण
गगन थापाको नेतृत्वमा कांग्रेसले देश विकासको स्पष्ट खाका कोर्नेछ : विनोद चौधरी
निर्वाचन तयारी तीव्र : मतपत्र ढुवानी अन्तिम चरणमा, मतदानका लागि संरचना लगभग तयार
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
सतपाल समर्थक र स्थानीयबीच झड्प, दर्जनौं घाइते