म भागेको छैन, गोरखा मिडियामा आएको पैसाको जिम्मेवारी लिन्छु– रवि लामिछाने

nepaltathya_news nepaltathya_news
|
बुधबार, आश्विन ९, २०८१
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  •   ९ असोज , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अनधिकृत रुपमा गोर्खा मिडियामा आएको पैसाको विषयमा आफू जिम्मेवार हुने बताएका छन् ।
  • संसदीय विशेष छानबिन समितिले आफूले अनधिकृत रुपमा सहकारीबाट पैसा नल्याएको प्रतिवेदन दिएको स्मरण गराउँदै उनले गोरखा मिडियामा आएको पैसाको जिम्मेवारी आफूले पनि लिने बताएका हुन् ।
  • ‘समितिले सहकारी ठगीमा मेरो संलग्नता छैन भनेको छ ।

 

९ असोज , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अनधिकृत रुपमा गोर्खा मिडियामा आएको पैसाको विषयमा आफू जिम्मेवार हुने बताएका छन् ।

संसदीय विशेष छानबिन समितिले आफूले अनधिकृत रुपमा सहकारीबाट पैसा नल्याएको प्रतिवेदन दिएको स्मरण गराउँदै उनले गोरखा मिडियामा आएको पैसाको जिम्मेवारी आफूले पनि लिने बताएका हुन् । ‘समितिले सहकारी ठगीमा मेरो संलग्नता छैन भनेको छ । समितिकै सभापति (सूर्य थापा)ले अन्तर्वार्तामा भनिसक्नुभयो,’ मंगलवार फेसबूक लाइभमा आउँदै लामिछानेले भने, ‘म संस्थामा भएको बेला आएको पैसाको जिम्मेवारी लिन्छु । कार्यरत भएको बेलाको जिम्मेवारी लिन्छु, म भागेको छैन । समितिको कुरा अक्षरशः पालना गर्नुपर्छ । यसका लागि कमिटेड छु ।’

आफू कार्यरत रहेको बेलामा पैसा आएको विषयमा कानूनी कारबाहीको सिफारिस गरेको विषय मान्ने पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले स्पष्ट पारेका छन् ।  ‘आफू कार्यरत रहेको बेलामा पैसा आएको विषयमा कानूनी कारबाहीको सिफारिसको विषयलाई नकार्न मिल्दैन । म रहेको कार्यकालमा भएको गैरकानूनी कुराको नैतिक, कानूनी र आर्थिक जे जिम्मेवारी लिनुपर्छ, म तयार छु,’ उनले भने, ‘पछाडिको कुरालाई मैलै बंग्याउन मिल्दैन । समितिको सुझावलाई नकार्न सक्दैनौं । तर अनियमित तबरले गोरखा मिडियामा रकम ल्याउने कुरामा म संलग्नता छैन भन्नेमा दुईमत छैन ।’

नेकपा (एमाले)का सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले सुप्रिप, सूर्यदर्शन, स्वर्णलक्ष्मी, सहारासहितका सहकारीबाट ६५ करोड रुपैयाँ अनधिकृत रुपमा गोर्खा मिडियामा आएको अनुसन्धानबाट पुष्टि गरेको थियो ।  यो रकममध्ये गोरखा मिडियामा प्रबन्ध निर्देशक हुँदा लामिछानेले एकल रुपमा २३ करोड रुपैयाँको चेक काटेको जनाइएको छ । यसरी आएको रकम अपचलनमा समितिले लामिछानेसहित गोर्खा मिडियाका सञ्चालक जीबी राई, छविलाल जोशी बञ्जाडे र मदनकुमार रम्तेललाई कारबाही गर्न सिफारिस गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारको ध्यान बचत फिर्ता गराउनेमा हाेइन रास्वपालाई सिध्याउनेमा छ : रवि लामिछाने
संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्छ : प्रचण्ड
सवारी पास हुनेक्रममा पुल भासियोः नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध
पूर्वराजा ज्ञानेन्द्रलाई जरिवाना तिराउन लेखिएको पत्र फिर्ता गर्न कमल थापाको माग
प्रतिनिधिसभाबाट स्वीकृत भयो सुशासन अध्यादेश
चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत फेला,चालू आवमा तेह्र गैँडा मरे
नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
जनकपुरधाममा एक पुरुषको श*व फेला
नेपालको समावेशिता र शान्तिपूर्ण रूपान्तरणको यात्रा विश्वकै लागि उदाहरणीय छः सभामुख घिमिरे