हुलाक बचतको पाँच करोडभन्दा बढी रकम हिनामिना

nepaltathya_news nepaltathya_news
|
मंगलबार, बैशाख ३०, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   ३० वैशाख, काठमाडौं ।
  •   हुलाक कार्यालय, बाराका आधा दर्जन कार्यालय प्रमुख भ्रष्टाचारमा तानिएका छन् ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 

३० वैशाख, काठमाडौं । 

हुलाक कार्यालय, बाराका आधा दर्जन कार्यालय प्रमुख भ्रष्टाचारमा तानिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । कार्यालय प्रमुख बलीराम प्रसादसहित पूर्व प्रमुखहरु जयलालप्रसाद साह कानू, अदालतप्रसाद कुर्मी, बुन्नीप्रसाद यादव, सुरेन्द्रप्रसाद यादव र सुजितकुमार साहविरुद्ध मुद्दा हालिएको छ ।

अख्तियारका अनुसार उनीहरुले हुलाक बचत बैंकको समेत कार्यालय प्रमुखको जिम्मेवारीमा रहँदा बचतकर्ताबाट संकलन भएको रकमको कुनै अभिलेख नराखी आपसी मिलेमतोमा अपचलन गरेको पाइएको छ । २०६० सालदेखि बचत बैंकको जिम्मा लिँदै आएकोमा त्यस अवधिमा बचतकर्ताहरुबाट उठेको रकम साँवाब्याज गरी पाँच करोड ३५ लाख ६४ हजार २७९ रुपैयाँ हिनामिना गरिएको छ । उक्त रकम उनीहरुबाट जफत गरी कैद र जरिवाना हुनुपर्ने मागदाबी गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ तपाइको आजको राशिफल
गाउँ कार्यपालिकाको कार्यालय पर्सा सर्लाहीको सार्वजनिक अनुरोध !
फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
मौसम पूर्वानुमान : आज यी स्थानमा भारी वर्षाको सम्भावना
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
पोखरामा कांग्रेसको अभिमुखीकरण कार्यक्रम सुरु
विद्युत प्राधिकरण घाटामा रहेको तथ्यांक सार्वजनिक गरेपछि ऊर्जामन्त्रीसँग मागियो सदनमा जवाफ
निजामती कर्मचारीहरु देश विकास र समृद्धिको मेरुदण्ड हुन् : मन्त्री न्यौपाने
न्युजिल्यान्डलाई हराउँदै भारत विश्वकपको फाइनलमा
निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान गर्ने निकाय क्रियाशील छ : गृहमन्त्री