Nepal No 1 Online News Portals News site -Nepaltathya.com
शनिबार, ५ बैशाख २०८३, १७ : ३९ : ५६ | Apr 18, 2026

जनकपुरधाममा एक पुरुषको श*व फेला

nepaltathya_news nepaltathya_news
|
बिहिबार, चैत्र ५, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   ५ चैत, जनकपुर ।
  • जनकपुरधाममा एक जना पुरुषको शव फेला परेको छ ।
  • बिहीबार बिहान जनकपुरधामको विश्वकर्मा चौकमा पहिचान खुल्न नसकेको एकजना पुरुष मृत अवस्थामा फेला परेको हो ।

 

५ चैत, जनकपुर ।

जनकपुरधाममा एक जना पुरुषको शव फेला परेको छ । बिहीबार बिहान जनकपुरधामको विश्वकर्मा चौकमा पहिचान खुल्न नसकेको एकजना पुरुष मृत अवस्थामा फेला परेको हो । उक्त चोकमा रहेको एउटा सटर अगाडि लडेको अवस्थामा भेटिएका ती व्यक्तिको मृत्यु शंकास्पद देखिएपछि धनुषा प्रहरीले घटनास्थललाई घेराबन्दी गरेर राखेको छ ।

स्थानीयले बिहानै सडक किनारमा ती व्यक्तिलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । धनुषा प्रहरीको टोली पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको र घटनाको कारणबारे अनुसन्धान जारी रहेको धनुषा प्रहरीले जनाएको छ । शवलाई आवश्यक प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ । स्थानीयका अनुसार उक्त पुरुष हिजोदेखिनै सोही स्थानको छेउछाउमा डुलीरहेको अवस्थामा देखा परेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...