बागमती नदीमा बेपत्ता युवकको १९ घन्टापछि शव बरामद

nepaltathya_news nepaltathya_news
|
मंगलबार, आश्विन ८, २०८१
|
|
२ पटक हेरिएको
Shares

सारांश

  •   ५ असोज , रौतहट ।
  • जितिया पर्व मनाउन साथीहरु संग सोमवार रौतहटको पूर्विभेग बागमती नदीमा  नुहाउने  क्रममा डुबेर बेपत्ता भएका युवकको झण्डै १९ घन्टाको खोजीपछि आज बिहान शव बरामद भएको छ ।
  • स्थानीयय माधव नारायण नगरपालिका ८ रजावाडा गाँउ छेउ बागमती नदीमा डुबेर बेपत्ता भएका स्थानिय राजेन्द्र सहनीको छोरा बर्ष १८ को श्यामलाल सहनीको शव घटनास्थलबाट डेढ किलोमिटर दक्षिण गढोस्थित बागमती नदीमा संयुक्त टोलीले फेला पारेको सशस्त्र प्रहरी रौतहटका प्रमूख एसपी बिक्रम हुमागाईंले बताएका छन् ।

 

५ असोज , रौतहट । जितिया पर्व मनाउन साथीहरु संग सोमवार रौतहटको पूर्विभेग बागमती नदीमा  नुहाउने  क्रममा डुबेर बेपत्ता भएका युवकको झण्डै १९ घन्टाको खोजीपछि आज बिहान शव बरामद भएको छ ।

स्थानीयय माधव नारायण नगरपालिका ८ रजावाडा गाँउ छेउ बागमती नदीमा डुबेर बेपत्ता भएका स्थानिय राजेन्द्र सहनीको छोरा बर्ष १८ को श्यामलाल सहनीको शव घटनास्थलबाट डेढ किलोमिटर दक्षिण गढोस्थित बागमती नदीमा संयुक्त टोलीले फेला पारेको सशस्त्र प्रहरी

रौतहटका प्रमूख एसपी बिक्रम हुमागाईंले बताएका छन् । सोमवार विहान साढे ११ बजे बागमती नदीमा नुहाउने क्रममा युवक डुबेको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण,

ईलाका प्रहरी कार्यालय रजवडा र स्थानीय बासिन्दाहरु सहितको टोलीले मृतकको शब आज बिहान ६ बजे नदीबाट बाहिर निकालेको थियो ।घटनास्थलको मुचुल्का पश्चात मृतकको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौर रौतहटमा पठाईएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँः अध्यक्ष दाहाल
नारायणहिटीमा सभा गर्न नपाएपछि राजावादीहरूको आन्दोलन बालुवाटारतिर सोझियो
काठमाडौँसहित देशका विभिन्न ठाउँमा एकैदिन ८ व्यक्ति मृत फेला, ७ जना पुरुष
प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन : मन्त्री सिंह
भौतिक मन्त्रालयमा देवेन्द्र दाहालको एक वर्षः पुँजीगत खर्चमा अग्रस्थानमा
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृ*त्यु
बालेनलाई बधाई दिँदै नरेन्द्र मोदीले भने : नजिकबाट सहकार्य गर्न उत्सुक छु
मुगुमा निर्वाचन लक्षित संयुक्त सुरक्षा नमुना अभ्यास प्रदर्शन
मन्त्री घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडकको अनुगमन, हाल सम्म ४५ प्रतिशत मात्र प्रगति
बेरुतमा इजरायली आक्रमण ९५ जनाको मृत्यु