रामेछापमा बोलेरो दुर्घटना: वडा सदस्यको मृत्यु, ४ जना घाइते

nepaltathya_news nepaltathya_news
|
आइतबार, आश्विन ६, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   ६ असोज,  रामेछाप ।
  • मन्थली नगरपालिका ५ सुनारपानीमा बोलेरो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
  • मृत्यु हुनेमा मन्थली नगरपालिका वडा ४ की वडा सदस्य माया नेपाली रहेको मन्थली नगरपालिका ५ का वडाध्यक्ष रविन कार्कीले जानकारी दिए ।

 

६ असोज,  रामेछाप ।मन्थली नगरपालिका ५ सुनारपानीमा बोलेरो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।मृत्यु हुनेमा मन्थली नगरपालिका वडा ४ की वडा सदस्य माया नेपाली रहेको मन्थली नगरपालिका ५ का वडाध्यक्ष रविन कार्कीले जानकारी दिए ।मन्थलीबाट सालु तर्फ जाँदै गरेको बा १८ च १८६९ नम्बरको बोलेरो गाडी सुनारपानीको भदौरे डाँडा भन्ने स्थानमा आइतबार दिउँसो  २ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी  अन्य ४ जना पनि घाइते भएका छन् । घाइतेको  सनाखतका साथै घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?