रवि लामिछानेले भने– मैले केही बिराएको पनि छैन, डराएको पनि छैन

nepaltathya_news nepaltathya_news
|
आइतबार, आश्विन ६, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   ६ असोज , काठमाडौं ।
  • सहकारीको रकम अपचलन मुद्दामा आफू पक्राउ पर्न लागेको सूचना पाएपछि रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध साँध्न खोजिएको आरोप लगाए ।
  • ‘कसैको राजनीति जोगाउनका निम्ति मलाई बलि चढाउन नखोज्नुस् ।

 

६ असोज , काठमाडौं । सहकारीको रकम अपचलन मुद्दामा आफू पक्राउ पर्न लागेको सूचना पाएपछि रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध साँध्न खोजिएको आरोप लगाए ।

‘कसैको राजनीति जोगाउनका निम्ति मलाई बलि चढाउन नखोज्नुस् । आँट भए आऊ, तर मलाई षड्यन्त्र गरेर होइन । चुनाव लडेर जित्नुस् । यस्तो षड्यन्त्र गरेर होइन’, उनले भने । लामिछानेले आफूले प्रमाण मागेको र अनुसन्धानका हरेक प्रक्रियामा सघाएको उल्लेख गरे ।

रास्वपाका सभापति रवि लामिछानेले आफूले केही नबिराएको दाबी गर्दै पक्राउ परिन्छ कि भनेर नडराएको पनि बताएका छन् । आफूलाई सहकारी ठगी प्रकरणमा पक्राउ गर्न खोजिएको बारे आक्रोश पोख्दै लामिछानेले आइतबार राति पार्टी कार्यालयमा ​समर्थकहरुलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।‘मैले केही बिराएको पनि छैन, म डराएको पनि छैन’, उनले भने, ‘सबैलाई हेक्का होस्, दुई तिहाइको सरकारलाई हेक्का रहोस् रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएको होइन’, उनले समर्थकहरूमाझ भने । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कञ्चनपुरमा जङ्गली हात्ती मृत फेला
पहुँचका आधारमा भर्ती गरिएका कर्मचारी हटाउन नेवानिलाई प्रधानमन्त्रीको निर्देशन
राष्ट्रिय सभा निर्वाचन : १८ पदमा ४४ जनाले दिए उम्मेदवारी
आज राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दै
ह्वाइटहाउसद्वारा हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना अनुमति रोक्का
नक्कली लाइसेन्स बिक्री प्रकरणमा उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दर्ता
सामान्य बढ्यो सेयर बजार, कारोबार ९ अर्ब नजिक
शिक्षकको प्रदर्शनले सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित
जेनजी आन्दोलनमा बीमा कम्पनीलाई भूकम्पको भन्दा धेरै नोक्सानी
जेनजी आनदोलनमा भएको क्षतिका लागि बीमा दाबी २३ अर्ब ३९ करोड पुग्यो