जेनजी आनदोलनमा भएको क्षतिका लागि बीमा दाबी २३ अर्ब ३९ करोड पुग्यो

nepaltathya_news nepaltathya_news
|
बिहिबार, आश्विन ९, २०८२
|
|
१४ पटक हेरिएको
Shares

सारांश

  • ९ असोज, काठमाडौं ।
  • जेनजी आन्दोलनमा भएको तोडफोड तथा आगजनीबाट भएको क्षतिका लागि बीमा दाबी २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँ पुगेको छ ।
  • नेपाल बीमा प्राधिकरणबाट प्राप्त विवरण अनुसार भाद्र २३ गतेदेखि असोज ८ गतेसम्म विभिन्न बीमा कम्पनीहरूमा जम्मा २ हजार ९८८ दाबी दर्ता भएका छन् ।

९ असोज, काठमाडौं ।

जेनजी आन्दोलनमा भएको तोडफोड तथा आगजनीबाट भएको क्षतिका लागि बीमा दाबी २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँ पुगेको छ । नेपाल बीमा प्राधिकरणबाट प्राप्त विवरण अनुसार भाद्र २३ गतेदेखि असोज ८ गतेसम्म विभिन्न बीमा कम्पनीहरूमा जम्मा २ हजार ९८८ दाबी दर्ता भएका छन् । ती बीमा दाबीहरूको रकम २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँ पुगेको छ । प्राधिकरणका अनुसार सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ३०७ दाबीमार्फत ५ अर्ब ४५ करोड ९३ लाख रुपैयाँभन्दा बढी भुक्तानी गर्नुपर्ने देखिएको छ ।

त्यसपछि ओरिएन्टल इन्स्योरेन्सले ८६ दाबीमार्फत ५ अर्ब २३ करोड २४ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १९६ दाबीमार्फत २ अर्ब ७९ करोड ६६ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । प्रदेशगत रूपमा हेर्दा, सबैभन्दा बढी बागमती प्रदेशमा दाबी परेको छ । यहाँ १,६०८ दाबी दर्ता भई कुल १८ अर्ब भन्दा बढीको बीमा दाबी परेको छ । त्यस्तै, कोशी प्रदेशमा ३७७ दाबीमार्फत २० अर्ब २५ करोड रुपैयाँ, गण्डकीमा २१९ दाबीमार्फत १७ अर्ब ९३ करोड रुपैयाँ, लुम्बिनीमा २५४ दाबीमार्फत ५२ करोड रुपैयाँ, मधेशमा ३२३ दाबीमार्फत ६५ करोड रुपैयाँ, कर्णालीमा २५ दाबीमार्फत ८ करोड ९८ लाख रुपैयाँ, र सुदूरपश्चिममा १८२ दाबीमार्फत २५ करोड ८७ लाख रुपैयाँ बराबरको दाबी दर्ता भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफैँले काटेको रूखले च्यापेर तनहुँमा एक जनाको मृत्यु
पत्रकार सुरेश रजकको पोस्टमार्टम : गोली भेटिएन, जलेर मृत्यु भएको पुष्टि
समाजवादी युवा संघ-मधेश प्रदेश समितिद्वारा मुख्यमन्त्री र सिडियो लाई ज्ञापनपत्र
सिंहदरबार जाँदै रवि, सभामुखलाई पनि भेट्ने
आगामी बजेट तयारी गर्न राजस्व परामर्श समिति गठन
गौरी कार्की नेतृत्वको जाँचबुझ आयोगको म्याद २० दिन थप
मोरङ बाट जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
सरकार संसदीय छानबिन समिति नबनाउनेतर्फ उद्धत भयो : कांग्रेसको निष्कर्ष
ऊर्जा क्षेत्रबाटै समाजवादको अभ्यास शुरु गरौंः मन्त्री खड्का
छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो