बाग्लुङमा बाढीमा बेपत्ता सापकोटाको शव भेटियो

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, भाद्र २१, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   २१ भदौ , बागलुङ ।
  • बागलुङको बान्द्रे खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका २० वर्षीय कमल सापकोटाको शव फेला परेको छ ।
  • बागलुङ नगरपालिका –४ बान्द्रे अढाइथरका सापकोटाको शव फेला परेसँगै बाढीले बगाएर मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

 

२१ भदौ , बागलुङ । बागलुङको बान्द्रे खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका २० वर्षीय कमल सापकोटाको शव फेला परेको छ ।बागलुङ नगरपालिका –४ बान्द्रे अढाइथरका सापकोटाको शव फेला परेसँगै बाढीले बगाएर मृत्यु हुनेको संख्या तीन पुगेको छ ।घटनास्थलभन्दा पाँच सय मिटर तल सापकोटाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।बिहीबार राती १२ बजे आएको बाढीले सोही वडाको कुँडुलेदेखि मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटर बगाएको थियो । मोटरसाइकल र स्कुटर बगाउँदा मुत्यु भएका बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अविशेक रेग्मीको शव रातिनै घटनास्थलदेखि दुई सय मिटर तल भेटिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजीको मिराज समूहले गर्यो आन्दोलनको घोषणा, सरकार असफल भएको आरोप
त्रिचन्द्र क्याम्पसमा आज स्ववियु निर्वाचन
मधेस प्रदेशसभाको बैठक आह्वान गर्ने सर्वदलीय सहमति
रौतहटको ३ वडामा सवारी साधन र आवागमनमा रोक
चित्रलेखा यादव अस्ट्रेलियाको राजदुतमा नियुक्त
मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो, करिब चार घण्टा यातायात अवरुद्ध
मन्त्री कौशल किशोर रायविरुद्ध अनुशासन समितिको कारबाही प्रयास, राजनीतिक पूर्वाग्रहको आरोप
सुवर्ण गाउँपालिकाको १४ औ विशेष गाउँसभा सम्पन्न
बुद्धजयन्तीका अवसरमा पनौती–नमोबुद्ध शान्ति पदयात्रा
तीनकुने -बानेश्वर क्षेत्रको मुख्य सडकमा सवारी साधन प्रवेशमा रोक