मधेस प्रदेशसभाको बैठक आह्वान गर्ने सर्वदलीय सहमति

nepaltathya_news nepaltathya_news
|
शनिबार, आश्विन ४, २०८२
|
|
७ पटक हेरिएको
Shares

सारांश

  •  ४ असोज, जनकपुर ।
  • बैठकमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलगायत विभिन्न राजनीतिक दलका नेताहरू सहभागी थिए ।
  • मधेस प्रदेशसभाको बैठक यही असोज ७ गते मंगलबार आह्वान गर्ने सर्वदलीय सहमति भएको छ ।

 ४ असोज, जनकपुर ।

बैठकमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलगायत विभिन्न राजनीतिक दलका नेताहरू सहभागी थिए । मधेस प्रदेशसभाको बैठक यही असोज ७ गते मंगलबार आह्वान गर्ने सर्वदलीय सहमति भएको छ । जनकपुरधाममा आज मधेस प्रदेश सचिवालयमा सभामुख रामचन्द्र मण्डलको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा सो सहमति भएको प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहले जानकारी दिए ।

मधेस प्रदेशसभाका सबै राजनीतिक दलले सङ्घीयताको विषयमा एक रहनाका साथै सकारात्मक सन्देश प्रवाह गर्न बैठक आह्वान गर्ने निर्णय भएको सभामुख मण्डलले बताए। जेन-जी प्रदर्शनका क्रममा मधेस प्रदेशसभामा आगजनी एवं तोडफोड तथा लुटपाट भएका कारण रु ४० करोड बढीको क्षति भएको र क्षतिग्रस्त संरचनाको तत्काल सामान्य मर्मत गरेर प्रदेशसभा बैठक आव्हान गर्ने सहमति भएको सचिवालयले जनाएको छ । बैठकमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलगायत विभिन्न राजनीतिक दलका नेताहरू सहभागी थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

११० राजावादी पक्राउ, ४ अभियोग लगाउने तयारी
एमाले बागमतीको अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता, अन्य पदमा कस–कसले दिए उम्मेदवारी ?
चितवनमा रवि समर्थक र प्रहरीबीच झडप
मालवाहक ट्रकबाट १६० किलो गाँजा बरामद
सुर्योदय बहुउद्देश्यीय‌ सहकारीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
हवाई टिकटमा लगाइएको कर हटाउन माग
नेपाल युवा उद्यमी मञ्चको अध्यक्षमा सुदिप घिमिरे निर्वाचित
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
स्ववियु निर्वाचनको माग गर्दै ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नेविसंघको रिले अनसन
हिंसा भड्काउने योजनासहित राजावादीहरु सडकमा निस्किए : प्रधानमन्त्री ओली