मोहम्मद आफताब आलमलाई मस्तिष्कघात, आईसीयूमा राखेर उपचार

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, जेठ १६, २०८२
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • १६ जेठ, काठमाडौं ।
  • नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएको छ ।
  • उनको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

१६ जेठ, काठमाडौं ।

नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएको छ । उनको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका एक चिकित्सकका अनुसार आलमलाई आईसीयूमा भर्ना गरेर उपचार सुरु गरिएको छ । परिवारले बिहान साढे १० बजे नै आलमलाई अस्पताल पुर्‍याएको थियो ।

ती चिकित्सकका अनुसार बिहान सात बजेतिर आलमलाई मस्तिष्कघात भएको थियो । उहाँ अस्पताल आइपुग्दा बोली लरबरिएको थियो भने दाहिने हर कमजोर अवस्थामा थियो,’ ती चिकित्सकले  भने । त्यसपछि एमआरआई गरेर हेर्दा एक्युट स्ट्रोक देखिएको थियो । अहिले औषधि चलाएर आईसीयूमा राखेर उपचार गरिरहेका छौं,’ उपचारमा समंलग्न ती चिकित्सकले भने । ती चिकित्सकका अनुसार अलामले मधुमेह, उच्चरक्तचापको औषधि समेत सेवन गर्दै आइरहेका छन् ।

बम विस्फोटका घाइतेहरूलाई ज्युँदै इँटाभट्टामा जलाएर मारेको अभियोगमा जिल्लाबाट दोषी करार भएका नेपाली कांग्रेसका पूर्वसांसद आलमसहित चार जनालाई बुधबार उच्च अदालतको वीरगञ्ज इजलासले  ज्यान मुद्दामा सफाइ दिएको थियो । २०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन रौटहटमा विस्फोट भएको थियो । कांग्रेस उम्मेदवार आलमको घरमा बम बनाउने क्रममा विस्फोट भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कास्कीका ५ वाम दलले अध्यक्ष दाहाललाई बुझाए ज्ञापनपत्र
काठमाडौंमा विशेष सुरक्षा प्रबन्ध, ड्रोनबाट निगरानी
मधेशको मुख्यमन्त्रीमा दावी पेश गर्न ५ दलका नेता प्रदेश प्रमुख कार्यालयमा
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
सहकारी ठगी आरोपमा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ
जबर्जस्ती सदन चलाए बहिष्कार गर्छौँ : लिङदेन
कोशीका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करीका आरोपमा विराटनगरबाट पक्राउ
निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता
हुम्लामा ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा बरामद
जेनजीको प्रदर्शनलाई बालेनले दिए समर्थन