घरमा काम गर्न राखेकी १७ वर्षीया बालिकालाई तीन वर्षदेखि ‘जबरजस्ती करणी गर्ने’ एकजना पक्राउ

nepaltathya_news nepaltathya_news
|
बिहिबार, भाद्र २०, २०८१
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  •   २० भदौ , काठमाडौं ।
  • घरेलु कामदारको रूपमा राखेकी १७ वर्षीया बालिकालाई तीन वर्षदेखि जबरजस्ती करणी गरिरहेको आरोपमा एकजना पक्राउ परेका छन् ।
  • कुलेश्वर आवासीय क्षेत्रबाट एकजना ५४ वर्षीय पुरुषलाई पक्राउ गरिएको हो ।

 

२० भदौ , काठमाडौं । घरेलु कामदारको रूपमा राखेकी १७ वर्षीया बालिकालाई तीन वर्षदेखि जबरजस्ती करणी गरिरहेको आरोपमा एकजना पक्राउ परेका छन् ।कुलेश्वर आवासीय क्षेत्रबाट एकजना ५४ वर्षीय पुरुषलाई पक्राउ गरिएको हो । उनको परिचय भने खुलाइएको छैन । काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको बाल श्रमविरुद्धको अभियानमा आएको जानकारी अनुसार, ती पुरुषले विगत ६ वर्षदेखि ती बालिकालाईघरेलु कामदारका रूपमा राखेका थिए । काठमाडौं महानगर, बाल हेल्पलाइन, बालबालिका खोज तलास केन्द्र १०४ र राष्ट्रिय बाल अधिकार परिषद्को संयुक्त अनुगमन तथा जाहेरी प्रतिवेदनका आधारमा उनलाई निवासबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ