रुख ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

nepaltathya_news nepaltathya_news
|
आइतबार, भाद्र १६, २०८१
|
|
१३ पटक हेरिएको
Shares

सारांश

  •   १६ भदौ, चितवन- भरतपुर महानगरपालिका- १ आँपटारीमा आइतबार बिहान रुख ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ।
  • जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले रुख पन्छाउने काम सुरु गरिएको छ।
  • सडक अवरोध हटाउन समय लाग्ने प्रनाउ रिजालले बताए।

 

१६ भदौ, चितवन- भरतपुर महानगरपालिका- १ आँपटारीमा आइतबार बिहान रुख ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ।जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले रुख पन्छाउने काम सुरु गरिएको छ। सडक अवरोध हटाउन समय लाग्ने प्रनाउ रिजालले बताए। दुर्घटनामा तीनजना घाइते यसैबीच नारायणगढ–मुग्लिन सडकखण्डमा बस र ट्रक आज बिहान ठक्कर खाँदा तीनजना घाइते भएका छन्। भरतपुर महानगरपालिका–२९ सिमलतालमा एआर ०१ टी ६३७२ नम्बरको भारतीय बसले ग२ख ११०८ नम्बरको ट्रकलाई ठक्कर दिँदा तीनजना घाइते भएका हुन्। मुग्लिनबाट नारायणगढ आउँदै गरेको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बस एकापसमा ठक्कर खाएको हो।ट्रकमा सवार तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए। घाइते सबैको अवस्था मध्यम छ। उनका अनुसार बसका चालक फरार रहेको र खोजी जारी रहेको छ। यस्तै, सोही सडकखण्डमा तीनवटा सवारीसाधन एकापसमा ठक्कर खाएका छन्।भरतपुर महानगरपालिका–२९ जुगेडीमा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा११च ८२६२ नम्बरको सफारीले रोकिराखेको बागमती प्रदेश०३–००१च १७७० नम्बरको जिप र ग२च ४४३६ नम्बरको जिपलाई ठक्कर दिएको हो।ठक्करबाट तीनवटै सवारीसाधनमा क्षति पुगेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यू-१९ महिला विश्‍वकप : ३० रन जोड्दा नेपालले ५ विकेट गुमाए
राप्रपाले १६० क्षेत्रमा उम्मेदवार टुङ्ग्यायो, बाँकी पाँच आजै
पूजामा जान्छु भनेर हिँडेका पुरुषको श*व खोलामा भेटियो
गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु
सर्वोच्चमा दुर्गा प्रसाईँले गराए बन्दी प्रत्यक्षीकरणको रिट दर्ता
रौतहटमा चुनावी परिणामको अर्को पाटो : १२८ उम्मेदवारको जमानत जफत, राज्य कोषमा १२ लाखभन्दा बढी जम्मा
जनता समाजवादी पार्टी फुट्यो, आधिकारिकता दाबी गर्दै अशोक राई समूह निर्वाचन आयोगमा
विद्यार्थी संगठनहरु साझा मुद्दा बनाएर सँगसँगै अगाडि बढ्नुपर्छ : मन्त्री पौडेल
२० करोडको कोकिनसहित मलेसियन नागरिक पक्राउ
धुपबाट फैलिएको आगोले सर्लाहीमा गोठघर खरानी, लाखौँको क्षति