भोटेचौर साँखु सडक पहिरोले अवरुद्ध

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, भाद्र १४, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   १४ भदौ ,काठमाडौँ – सिन्धुपाल्चोेकको पश्चिमी भेग भोटेचौरबाट साँखु छिर्ने सडक पहिरोका कारण अवरुद्ध भएको छ।
  • जहरसिह पौवा चौकी भञ्ज्याङ् धारापानी भोटेचौर मेलम्ची सडकमा पर्ने चौकी भञ्ज्याङ् नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको हो।
  • पहिरोका कारण सिन्धुपाल्चोक, नुवाकोट तथा काठमाडौँकै शंखरापुर नगरपालिकाको वडा नम्बर २ उपत्यकासँगको आवात जावतमा समस्या भएको छ।

 

१४ भदौ ,काठमाडौँ – सिन्धुपाल्चोेकको पश्चिमी भेग भोटेचौरबाट साँखु छिर्ने सडक पहिरोका कारण अवरुद्ध भएको छ।जहरसिह पौवा चौकी भञ्ज्याङ् धारापानी भोटेचौर मेलम्ची सडकमा पर्ने चौकी भञ्ज्याङ् नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको हो।पहिरोका कारण सिन्धुपाल्चोक, नुवाकोट तथा काठमाडौँकै शंखरापुर नगरपालिकाको वडा नम्बर २ उपत्यकासँगको आवात जावतमा समस्या भएको छ। शंखरापुर २ का वडा अध्यक्ष रनबहादुर थिङ पहिरो पन्छाउन र दीर्घकालीन समाधनका लागि प्रयास भइरहेको जानकारी दिए।उनले भने, ‘पहिरो पन्छाउन सडक डिभिजन कार्यालय काठमाडौँ र नगरपालिकासँग समन्वयन भइरहेको छ। अहिलेलाई वैकल्पिक सडक चौकी भञ्ज्याङ् गुरुङ गाउँ पटाप सडक हुँदै भोटेचौर जानू हुन सबै मा जानकारी गराउँदछौँ।’ पहिरोका कारण बिजुलीको पोलसमेत ढलेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?