मर्स्याङ्दीमा २७ जनाले गुमाए ज्यान, घाइते १६ जनालाई ल्याइयो काठमाडौँ

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, भाद्र ७, २०८१
|
|
१७ पटक हेरिएको
Shares

सारांश

  • ७ भदौ ,तनुहँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको भारतीय बस दुर्घटनामा परेर २७ जनाको ज्यान गएको छ।
  • जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार, आँबुखैरेनी अस्पतालले २३ जनाको मृत्यु भएको पुष्टि गरेको छ।
  • अरु तीन जनाको शव घटनास्थलबाट आँबुखैरेनी अस्पतालतर्फ लगिँदैछ।

७ भदौ ,तनुहँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको भारतीय बस दुर्घटनामा परेर २७ जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार, आँबुखैरेनी अस्पतालले २३ जनाको मृत्यु भएको पुष्टि गरेको छ। अरु तीन जनाको शव घटनास्थलबाट आँबुखैरेनी अस्पतालतर्फ लगिँदैछ। उनीहरुको शव बसमुनिबाट निकालिएको हो। एक जना घाइतेको चितवन मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको छ।  बाँकी १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल ल्याइएको छ। उनीहरुको उपचार भइरहेको छ। बसमा ४३ जना रहेकोमा ४३ जनाकै अवस्था पत्ता लागिसकेको प्रहरीले जानकारी दिएको छ। उनीहरू बसेको पोखराको मझेरी रिसोर्टले प्रहरीलाई दिएको जानकारी अनुसार, बसमा ४१ यात्रुसहित चालक र सहचालक गरी ४३ जना सवार थिए। उनीहरू भारतको गोरखपुरबाट २ दिनअघि (भदौ ५) पोखरा आएका थिए। ८ दिनको पास लिएर नाकाबाट छिरेका उनीहरू दुई दिन पोखरा बसेर शुक्रबार बिहान काठमाडौँका लागि हिँडेका थिए। सो क्रममा आँबुखैरेनीमा दुर्घटनामा परेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाडी दुर्घटनामा कुम्भ मेलाबाट फर्किँदै गरेका दम्पतीसहित ३ नेपालीको मृत्यु
देशभरका २१ वटा मालपोत कार्यालयमा क्षति
आईपीएलको पहिलो क्वालिफायरमा आज, पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स भिड्दै
पर्सामा पक्राउ परेका गौरव र समर्पणलाई झापा पठाइयो
६८ लाख नगदसहित ४ जना पक्राउ
सर्लाहीमा ठक्कर दिएका टिपर जलाए, गुम्यो एउटा युवकको ज्यान,
बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह
न्यायपालिका नै दलीय भागबण्डाको शिकार बन्यो, सबै संवैधानिक नियुक्ति खारेज गरौँः सांसद चौधरी
भारतको मुम्बईमा भीषण वर्षा, विद्यालय र कलेज बन्द
काठमाडौं महानगरबाट अनुगमन भएका ४० मध्ये ७ सहकारीलाई कारबाही गर्न सिआईबीमा पत्र