काठमाडौं महानगरबाट अनुगमन भएका ४० मध्ये ७ सहकारीलाई कारबाही गर्न सिआईबीमा पत्र

nepaltathya_news nepaltathya_news
|
बिहिबार, भाद्र २०, २०८१
|
|
१३ पटक हेरिएको
Shares

सारांश

  •   २० भदौ , काठमाडौं महानगरपालिकाले ४० वटा सहकारीको अनुगमन गर्दा ७ वटालाई थप अनुसन्धान र कारबाहीको प्रक्रियाका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पठाएको छ ।
  • अनुसन्धानका लागि पठाएका सहकारीहरुमध्ये ६ वटा वचत तथा ऋण सहकारी र एउटा बहुउद्देश्यीय सहकारी छन् ।
  • यसमा बचत तथा ऋणतर्फ सुमेरु वचत तथा ऋण सहकारी संस्था लिमिटेड, स्क्वायर वचत तथा ऋण सहकारी संस्था लिमिटेड, रुरल डिभपलमेन्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सत्कार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, महावौद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नमो हारती बचत तथा ऋण सहकारी संस्था लिमिटेड छन् ।

 

२० भदौ , काठमाडौं महानगरपालिकाले ४० वटा सहकारीको अनुगमन गर्दा ७ वटालाई थप अनुसन्धान र कारबाहीको प्रक्रियाका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पठाएको छ ।

अनुसन्धानका लागि पठाएका सहकारीहरुमध्ये ६ वटा वचत तथा ऋण सहकारी र एउटा बहुउद्देश्यीय सहकारी छन् । यसमा बचत तथा ऋणतर्फ सुमेरु वचत तथा ऋण सहकारी संस्था लिमिटेड, स्क्वायर वचत तथा ऋण सहकारी संस्था लिमिटेड, रुरल डिभपलमेन्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सत्कार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, महावौद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नमो हारती बचत तथा ऋण सहकारी संस्था लिमिटेड छन् । यस्तै वहुउद्देश्यीय सहकारीमा आधारभूत वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड छ । बचत संकलन, संकलित रकम परिचालन, ऋण प्रवाह तथा लगानीका विषयमा थप अनुसन्धान गर्नुपर्ने भएकोले अनुसन्धानका लागि अनुसन्धान व्युरोमा पठाइएको सहकारी विभागका प्रमुख ध्रुवकुमार काफ्लेले बताए । काफ्लेका अनुसार सञ्चालनमा भएका सहकारीहरुमा स्वनियमको पालना, लोकतान्त्रिक नियन्त्रण प्रणाली, एकाधिकार, लगानीका क्षेत्र, सिद्धान्तको अनुसरण जस्ता पक्षमा कमजोरी देखिएको छ ।
उद्देश्य विपरीत लगानी, क्षेत्राधिकार बाहिरको बचत स्वीकार तथा लगानी, सदस्यभन्दा बाहिरको लगानी, एकाघर व्यक्ति वा एक व्यक्ति नियम विपरीत सञ्चालक भएको पाइएको छ । २०८० चैत १६ गतेदेखि २०८१ असार ७ गतेसम्म गरिएको अनुगमन र त्यसका आधारमा तयार पारिएको प्रतिवेदनले यो अवस्था देखाएको महानगरले बताएको छ । अनुगमन गरिएकामध्ये एउटाको कार्य क्षेत्र प्रदेश देखिएकोले सक्कल फाइल प्रदेश सरकारलाई पठाइएको छ । सहकारी नियमन महाशाखा प्रमुख एवं अनुगमन समितिका सदस्य सचिव सुशिल सुवेदी भने, ‘अनुगमनबाट प्राप्त प्रतिवेदनका आधारमा ३२ वटा सहकारी संस्थाहरुलाई स्पष्टिकरण सोधिएको थियो । सबैले सफाइ पेश गरेका छन् । यसरी पेश गरिएका पत्रहरुको अध्ययन गरेर कारवाहीका विषयमा निर्णय लिन्छौँ ।’

काठमाडौँ महानगरपालिका सहकारी ऐन २०७४ बमोजिम कसुरको गम्भीर्यता हेरी अधिकतम ५ लाख रुपैयाँसम्म जरिवाना र अधिकतम १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । तत्कालीन डिभिजन सहकारी कार्यालय स्थानीय तहमा हस्तान्तरण गर्ने सम्बन्धमा नेपाल सरकारले २०७४ साउन १ गते निर्णय ग¥यो । त्यसअनुसार २०७५ साउन १ गतेदेखि डिभिजन सहकारीले गर्दै आएका काम महानगरमा हन्तारन्तरण भएर आयो । हस्तान्तरण हुनु अघि नै अर्थात् २०७४ सालमा नै काठमाडौं महानगरपालिकाले सहकारी ऐन जारी गरिसकेको थियो । हस्तान्तरण भएर आएका र नयाँ दर्ता भएका गरी महानगरपालिकाभित्र १ हजार ९२२ वटा सहकारी संस्था महानगरपालिकाको नियमन क्षेत्राधिकार भित्र छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
धनगढीमा ट्याक्टरको ठक्करबाट घाइते बालकको भारतमा उपचारका क्रममा मृ*त्यु
काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी
प्राध्यापक विष्टको हत्या आरोपी खड्का पक्राउ
धनुषामा एक महिलाको शंकास्पद मृत्यु, प्रहरीद्वारा अनुसन्धान शुरु
गृह मन्त्रालयलाई त्रिविको अपिल : तोडफोड गर्नेलाई कारबाही होस्
लुम्बिनीले कर्णालीलाई दियो १५७ रनको लक्ष्य
गभर्नर पौडेलविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा
बागमतीमा कांग्रेसका खानेपानी मन्त्रीले दिए राजीनामा
बुटवलको डेल्टा मार्टको आगलागीबाट ४० करोड बढी क्षति अनुमान