टिकटकको प्रतिबन्ध हटाउने सरकारको तयारी

nepaltathya_news nepaltathya_news
|
मंगलबार, भाद्र ४, २०८१
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  •   ४ भदौ, काठमाडौं ।
  • सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी गरेको छ ।
  • पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालिन सरकारले प्रतिबन्ध लगाएको १० महिनापछि हटाउने तयारी थालिएको हो ।

 

४ भदौ, काठमाडौं । सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी गरेको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालिन सरकारले प्रतिबन्ध लगाएको १० महिनापछि हटाउने तयारी थालिएको हो । सरकारले विसं २०८० कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । नेपालको नीति-नियम सबै पालना गर्ने प्रतिबद्धतासहित टिकटकले पहल थालेपछि सरकार पनि प्रतिबन्ध हटाउन लचिलो भएको हो । टिकटकको एसियाका पोलिसी डिभिजन चिफ फेरसले केहीदिन अगाडि मात्रै इमेलमार्फत् प्रतिबद्धता पत्र सञ्चार मन्त्रालयलाई पठाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली पनि प्रतिबन्ध हटाउन सकारात्मक छन् । उनले प्रतिबन्ध फुकुवाको तयारी गर्न निर्देशन दिएको मन्त्रालय स्रोतले बताएको छ ।

सोहीअनुसार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले टिकटकका नेपाल प्रतिनिधिसँग छलफल गर्दैछन् । त्यसपछि मन्त्रालयले मन्त्रिपरिषद्‌मा प्रस्ताव लगेर निर्णय गराई प्रतिबन्ध हटाउने तयारी भइरहेको स्रोतले जनाएको छ । सामाजिक सद्भाव बिथोलेको भन्दै सरकारले प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गायिका रचना रिमाल चढेको जहाजमा प्राविधिक समस्या
उखुको समर्थन मूल्य छिटो तोक्न र मलको कोटा बढाउन सांसद विनोद चौधरीको माग
कूल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा लगाउनु आवश्यक : अध्यक्ष प्रचण्ड
एसीसी यू-१६ क्रिकेट : जापानविरुद्ध टस हारेर नेपाल बलिङ गर्दै
स्वार्थ समूहको प्रभावमा मन्त्रिपरिषद् विस्तार भएको प्रभु साहको आरोप
महिलाका लागि ‘ब्लु बस’ सञ्चालन गर्ने सरकारको घोषणा
राष्ट्रियसभाबाट पनि पास भए पाँच अध्यादेश
छुरा हानेर बुबाको ह*त्या आरोपमा छोरा पक्राउ
सबैभन्दा धेरै कर तिर्नेमा नेपाल टेलिकम, बैंकतर्फ नविल
प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भेट