मधेसी आयोगको छैटौँ वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस, आरक्षणको नीति परिमार्जन गर्न सिफारिस

nepaltathya_news nepaltathya_news
|
बुधबार, श्रावण ३०, २०८१
|
|
१० पटक हेरिएको
Shares

सारांश

  •   ३० साउन, काठमाडौँ ।
  • मधेसी आयोगको छैटौँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरिएको छ ।
  • राष्ट्रपति कार्यालयमा आयोजित एक विशेष समारोहबिच आयोगका अध्यक्ष डा विजयकुमार दत्तले आर्थिक वर्ष २०८०–८१ मा आयोग द्वारा सम्पादित कार्य र सिफारिस सहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेका हुन्  ।

 

३० साउन, काठमाडौँ । मधेसी आयोगको छैटौँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरिएको छ ।

राष्ट्रपति कार्यालयमा आयोजित एक विशेष समारोहबिच आयोगका अध्यक्ष डा विजयकुमार दत्तले आर्थिक वर्ष २०८०–८१ मा आयोग द्वारा सम्पादित कार्य र सिफारिस सहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेका हुन्  । सो प्रतिवदन मार्फत आयोगले हाल रहेको आरक्षणको नीतिलाई परिमार्जन गर्न सिफारिस गरेको छ । आयोगले राज्यको मूल प्रवाहमा ल्याउन मधेसी समुदायका पछाडि परेका जातजाति र वर्गको घरदैलो सर्वेक्षण गराई जातजातिको लागि ६० प्रतिशत र वर्गको लागि ४० प्रतिशत वर्गीकरण गरी आरक्षणको नीति परिमार्जन गर्नको लागि राज्यलाई आवश्यक प्रक्रिया अगाडी बढाउन सिफारिस गरेको हो ।

आयोगले सप्तरीमा रहेको सखडेश्वरी भगवती लाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न समेत सिफारिस गरेको छ । आयोगले आफ्नो प्रतिवेदन मार्फत ०६३–६४ पछि भएका धार्मिक द्वन्द्वहरुको सत्य तथ्य पता लगाउन यथाशीघ्र उच्चस्तरीय न्यायिक आयोगको गठन गर्न पनि राज्यलाई सिफारिस गरेको छ । आयोगले मधेस दिवस मनाउन तिथिहरू समेतको प्रस्ताव अगाडि सारेको छ । आयोगका अध्यक्ष डाविजयकुमार दत्तले आयोगले यस प्रतिवेदन मार्फत सरकारलाई ४४ वटा विषयमा महत्त्वपूर्ण सिफारिस गरेको बताएका छन् । अध्यक्ष दत्तले आयोगमा गत आर्थिक वर्षमा दर्ता भएका उजुरीहरू उपर आयोगले तुरुन्त कारबाहीको लागि प्रक्रिया अगाडि बढाएको समेत जानकारी दिए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णालीमा एसईईका लागि १६१ परीक्षा केन्द्र, ३८ हजार बढी विद्यार्थीले परीक्षा दिँदै
मधेशमा साढे पाँच हजार हेक्टर वन अतिक्रमण
जेनजी प्रदर्शनकारीमाथि दमन नगर्न एकीकृत समाजवादीको माग
अन्ततः ‘नवराज भेंडा’ ले भेटे प्रधानमन्त्री ओली
भक्तपुरमा बाबु–छोराको कोठामै ‘हत्या’, जेठो छोरा फरार
रुसमा कन्सर्ट हलमा आतंकवादी आक्रमणः कम्तीमा ६० जनाको मृत्यु
शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न सभामुख मण्डलको आग्रह
धनकुटामा बलात्कार आरोपमा युवक पक्राउ
यू-१९ विश्वकप छनोटमा नेपालको विजयी सुरुवात, यूएईविरुद्ध रोमाञ्चक जित
भरतपुरमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने