जेनजी प्रदर्शनकारीमाथि दमन नगर्न एकीकृत समाजवादीको माग

nepaltathya_news nepaltathya_news
|
सोमबार, भाद्र २३, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • २३ भदौ, काठमाडौं ।
  • नेकपा एकीकृत समाजवादीले जेनजी प्रदर्शनकारीमाथि दमन नगर्न सरकारसँग माग राखेको छ ।
  • महासचिव घनश्याम भूसालले वक्तव्य जारी गर्दै प्रदर्शनकारीमाथि कुनै पनि दमनकारी गतिविधि नगर्न आग्रह गरेका हुन् ।

२३ भदौ, काठमाडौं ।

नेकपा एकीकृत समाजवादीले जेनजी प्रदर्शनकारीमाथि दमन नगर्न सरकारसँग माग राखेको छ । महासचिव घनश्याम भूसालले वक्तव्य जारी गर्दै प्रदर्शनकारीमाथि कुनै पनि दमनकारी गतिविधि नगर्न आग्रह गरेका हुन् । ‘हाम्रो पार्टी आन्दोलन माथि सरकारको हिंसात्मक दमनको निन्दा तथा भर्त्सना गर्दछ ।

साथै, युवाहरुको भ्रष्टाचार तथा कुशासनविरुद्धको जागरणलाई सम्मान गर्दै उनीहरुका जायज माग सम्बोधन गर्न र उनीहरुमाथि कुनै पनि दमनकारी गतिविधि नगर्न सरकारसँग जोडदार माग गर्दछ’, वक्तव्यमा भनिएको छ ।साथै आन्दोलनकारीलाई पनि उत्तेजना र मुठभेडतर्फ मोडेर आन्दोलनको गरिमा नगुमाउन आग्रह गरेका छन् । ‘आन्दोलनलाई उत्तेजना र मुठभेडतर्फ मोडेर यस आन्दोलनको गरिमा र यसले पाएको जनसमर्थनलाई दुरुपयोग गर्ने कुनै पनि प्रयासबाट सतर्क रहन देशभरिका आन्दोलनकारीहरुलाई आह्वान गर्दछ’, वक्तव्यमा लेखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यातायात व्यवस्था कार्यालयद्वारा साठी करोड राजस्व सङ्कलन
महिला च्याम्पियनसिप खेल्न नेपाल आइपुगिन् एन्जिला
कोशी प्रदेशमा साना तथा मझौला उद्योगको प्रवर्द्धनका लागि ८ अर्बको परियोजना सुरु
६ गतेको एमालेको प्रदर्शनपछि जेनजीकी हजुरआमा सुशीला कार्कीले राजीनामा दिनुपर्छ’
३२ जनाको नाम राखेर सार्वजनिक वक्तव्य विवादित, नाम ‘किर्ते’ भएको गुनासो
ममाथि अन्याय भएको छ, गिरफ्तारी दिंदैछु : रवि
नेपालले कुबेतलाई ६ विकेटले विजयी   
सुनको मूल्यले आज पनि बनायो इतिहासकै सर्वाधिक महँगो रेकर्ड
राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता
धनुषा ट्राफिक : ‘दुई पाङ्ग्रे सवारी चालकसँग दुई मिनेट’ कार्यक्रम