गर्मीका कारण युरोपमा ४८ हजार जनाको मृत्यु

nepaltathya_news nepaltathya_news
|
मंगलबार, श्रावण २९, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • २९ साउन, बार्सिलोना ।
  • गर्मीका कारण गएको वर्ष युरोपमा झन्डै ४८ हजार जनाको ज्यान गएको छ ।
  • सोमबार सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो बार्सिलोना इन्स्टिच्युट फर ग्लोबल हेल्थका अनुसार गर्मीले युरोपभरमा सन् २०२३ मा ४७ हजार ६९० जनाको मृत्यु भएको छ ।

२९ साउन, बार्सिलोना । गर्मीका कारण गएको वर्ष युरोपमा झन्डै ४८ हजार जनाको ज्यान गएको छ । सोमबार सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो बार्सिलोना इन्स्टिच्युट फर ग्लोबल हेल्थका अनुसार गर्मीले युरोपभरमा सन् २०२३ मा ४७ हजार ६९० जनाको मृत्यु भएको छ । गएको वर्ष युरोपमा निकै गर्मी भएको थियो । यसलाई तापमानसम्बन्धी रेकर्ड राख्नथालेयताकै सबैभन्दा गर्मी वर्ष भनिएको छ । मृत्युको मामिलामा सन् २०२२ झनै भयानक थियो । उक्त वर्ष त्यहाँ ६० हजार भन्दा धेरैले गर्मीसँग सम्बन्धित कारणले ज्यान गुमाएका थिए ।  प्रतिवेदनमा युरोपका ३५ देशको तापमान र मृत्युसम्बन्धी रेकर्डको विश्लेषण गरिएको थियो । गर्मीको जोखिम वृद्धवृद्धाहरुमा धेरै देखियो । गर्मीले दक्षिणी युरोप सबैभन्दा मारमा परेको थियो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्च र काठमाडौं जिल्ला अदालतले प्रहरीमा दिए जाहेरी, अनुसन्धान सुरु
नकारात्मक सोचले देश बन्दैनः परराष्ट्रमन्त्री
घरबाहिर सुतेकै ठाउँमा पहिरो खस्दा २ महिलाको मृत्यु, १ जना गम्भीर घाइते
कैलालीमा कैदीको मृ*त्यु घटना : प्रहरीका सई हरजीत नाथ पक्राउ
स्वास्थ्य मन्त्रालयलाई थप १३ अर्ब बजेट, कुल सिलिङ ९६ अर्ब पुग्यो
बक्यौता तिरेपछि पुनःजोडियो चार उद्योगको काटिएको लाइन
एनपीएल खेल्न नेपाल आइपुगे वेष्ट इन्डिजका चाडविक वाल्टन
प्रहरी उच्च अधिकारीहरूले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै
प्रधानन्यायाधीश राउतको पहिलो विदेश भ्रमण मलेसिया
बुद्ध जयन्तीको विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली आज लुम्बिनी जाँदै