जाजरकोटमा जिप दुर्घटना हुँदा १५ घाइते, तीनको अवस्था गम्भीर

nepaltathya_news nepaltathya_news
|
मंगलबार, श्रावण २२, २०८१
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  •   २२ साउन, सुर्खेत- जाजरकोटमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।
  • तीन जनाको अवस्था गम्भीर छ।
  • खलंगादेखि भेरी नगरपालिका–६ नेटाबजार जाँदै गरेको ग १ ज ७७११ नम्बरको जिप वडा नम्बर ६ भेरेमा आज दिउँसो साढे २ बजे दुर्घटना भएकाे हो।

 

२२ साउन, सुर्खेत- जाजरकोटमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। तीन जनाको अवस्था गम्भीर छ।

खलंगादेखि भेरी नगरपालिका–६ नेटाबजार जाँदै गरेको ग १ ज ७७११ नम्बरको जिप वडा नम्बर ६ भेरेमा आज दिउँसो साढे २ बजे दुर्घटना भएकाे हो। दुर्घटनामा १५ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। घाइतेहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले बताए। घाइतेहरूकाे जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?