जङ्गली हात्तीको आक्र*मणबाट नौ वर्षमा १७ जनाको मृ*त्यु

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, कार्तिक २१, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • २१ कात्तिक, महेन्द्रनगर।
  • कञ्चनपुरमा मानव–वन्यजन्तु द्वन्द्व पछिल्लो समय बढ्दै गएको छ ।
  • बितेको नौ वर्षमा कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट तीन महिला र १४ पुरुष गरी १७ जनाको मृत्यु भएको छ ।

२१ कात्तिक, महेन्द्रनगर।

कञ्चनपुरमा मानव–वन्यजन्तु द्वन्द्व पछिल्लो समय बढ्दै गएको छ । बितेको नौ वर्षमा कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट तीन महिला र १४ पुरुष गरी १७ जनाको मृत्यु भएको छ । यहाँस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार २०७३ सालयता निकुञ्ज, राष्ट्रिय तथा सामुदायिक वन वरपर सो सङ्ख्यामा सर्वसाधारणले ज्यान गुमाएका हुन् ।

डिभिजन वन कार्यालय कञ्चनपुरका अधिकृत सोफिया भट्टराईले राष्ट्रिय वन तथा सामुदायिक वन र आसपासका क्षेत्रमा मात्रै नौ वर्षमा आठ जनाले ज्यान गुमाएको बताइन् । हात्तीको आक्रमणबाट दुई जना घाइते भएको तथ्याङ्कमा उल्लेख छ । “मृत्यु भएका प्रतिव्यक्ति रु १० लाखका दरले मृतकका परिवारलाई क्षतिपूर्ति दिइएको छ”, अधिकृत भट्टराईले भनिन्, “घाइतेहरुको प्रकृति हेरेर उपचार खर्च दिने व्यवस्था रहेको छ ।” पछिल्लो समय कञ्चनपुरको भीमदत्त, बेलौरी, बेदकोट, शुक्लाफाँटा नगरपालिका र लालझाडी र बेल्डाँडी गाउँपालिकामा जङ्गली हात्तीले नोक्सान पुर्याउँदै आएका छन् ।

जङ्गली हात्ती बस्ती पस्दा स्थानीय रातभर जाग्राम बस्ने गरेका छन् भने पालिका र सरोकारवाला निकाय हात्ती धवाउन खटिन गरेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकृत पुरुषोत्तम वाग्लेले हात्तीको आक्रमणबाट यहाँ २०७५ सालयता नौ जनाको मृत्यु भइसकेको जानकारी दिए । “यो अवधिमा नौ जनाको मृत्यु, सात गम्भीर र चार जना सामान्य घाइते भएका छन्”, उनले भने, “तुलनात्मक रुपमा यो वर्ष विगतको भन्दा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा जङ्गली हात्तीको आवातजावत बढी देखिएको छ ।” उनले हात्ती धपाउन निकुञ्ज र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको श्रीरणसिंह दलगण टोली तयारी अवस्थामा रहने गरेको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमसीसी अन्तर्गतका ३ वटै सबस्टेसनको ठेक्का लाग्यो
शिक्षकका माग सम्बोधन गर्न अर्थ, गृह र शिक्षामन्त्रीको बैठक
एकान्तकुनाबाट बलात्कार आरोपी पक्राउ
विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग पराजित
एमालेको जागरण सभालाई सम्बोधन गर्न बुटवल जाँदै प्रधानमन्त्री ओली
रविलाई रातारात चितवनबाट पोखरा लगिएकोबारे छलफल गर्न रास्वपाको आकस्मिक बैठक
प्रधानमन्त्रीको चीन भ्रमण : राष्ट्रपति शीसँग हाङजाओमै भेटवार्ता
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान
सहयोग जुटाएर एकाघरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहाल स्वदेश फिर्ता