मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले त्यागे सीके राउत नेतृत्वको जनमत

nepaltathya_news nepaltathya_news
|
बिहिबार, आश्विन ३०, २०८२
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • ३० असोज, जनकपुरमा ।
  •   मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले सीके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरेका छन्।
  •   मंगलबार मुख्यमन्त्रीबाट राजीनामा दिएका सिंहले बुधबार जनमत पार्टी फुटेर गठन भएको नयाँ दल जनस्वराज रोजेका हुन्।

३० असोज, जनकपुरमा ।  

मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले सीके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरेका छन्।  मंगलबार मुख्यमन्त्रीबाट राजीनामा दिएका सिंहले बुधबार जनमत पार्टी फुटेर गठन भएको नयाँ दल जनस्वराज रोजेका हुन्। यस विषयमा जानकारी गराउन अहिले उनले जनकपुरमा पत्रकार सम्मेलन गरिरहेका छन्। जनमतबाट मुख्यमन्त्री बनेका सतीशकुमार सिंहले राजीनामा दिएपछि लोसपाका नेता जितेन्द्र सोनल मधेसको मुख्यमन्त्री नियुक्त भइसेकेका छन्।

सिंहसहित जनमतका दुई प्रदेशसभा सदस्यले बुधबार नै जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालयमा गएर जनस्वराज पार्टी रोजेका थिए।  निवर्तमान मुख्यमन्त्री सिंह र पूर्वमन्त्रीसमेत रहेका जनमतका सांसद त्रिभुवन साहले नयाँ दल रोजेका हुन्।  उनीहरूले पनि आफ्नो समर्थन जितेन्द्र सोनललाई नै रहने बताएका छन्।  ‘हिजो म र त्रिभुवन साहजीले जनस्वराज पार्टी रोजेका छौँ,’ सिंहले नेपालखबरसँग भने, ‘तर, नयाँ दल रोजेका भए पनि हाम्रो समर्थन जितेन्द्र सोनललाई नै हरनेछ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ढोरपाटनका मेयर नेपालीलाई कास्की जिल्ला अदालतबाट पनि थुनामा पठाउन आदेश
वीरगञ्जमा दुई समुदायबीच झडप, अवस्था तनावग्रस्त
काठमाडौँमा सशस्त्र प्रहरीको पनि निःशुल्क बस सेवा
विश्वप्रकाशको चेतावनीः एमालेले राष्ट्रिय सभामा ‘कुलिङ पिरियड’को संशोधन फिर्ता नलिए गठबन्धनमा दरार आउँछ
प्रहरीका सहायक हवल्दारसहित ३० जना सम्पर्कविहीन, हाजिर हुन हेटक्वार्टरको निर्देशन
दाङमा टिपरको ठक्करबाट‌ एकको मृत्यु, आफन्तले गरे घोराही–तुलसीपुर सडक अवरुद्ध
बालमन्दिरका जग्गा संरक्षण गर्न प्रधानमन्त्रीको निर्देशन
तीनकुने प्रकरणः पक्राउ पर्ने १११ जना पुगे, दुर्गा प्रसाईं अझै फरार
पथलैया ट्राफिकका एसपी राजकुमार सिलवाल छानबिनमा
रवि लामिछाने भैरहवा कारागार चलान