भेडेटार स्काईवाक आजदेखि सञ्चालनमा 

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, श्रावण ११, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   काठमाडौं।
  • भेडेटारमा निर्माण सम्पन्न भएको स्काईवाक आजदेखि सञ्चालनमा आउने भएको छ ।
  • कोशी प्रदेश लगानी प्राधिकरण, धनकुटाको साँगुरीगढी गाउँपालिका र सुनसरीको धरान उपमहानगरपालिकाको समन्वयमा उक्त स्काईवाक निर्माण गरिएको हो ।

 

काठमाडौं। भेडेटारमा निर्माण सम्पन्न भएको स्काईवाक आजदेखि सञ्चालनमा आउने भएको छ । कोशी प्रदेश लगानी प्राधिकरण, धनकुटाको साँगुरीगढी गाउँपालिका र सुनसरीको धरान उपमहानगरपालिकाको समन्वयमा उक्त स्काईवाक निर्माण गरिएको हो ।

वन्डर्स एम्युजमेन्ट पार्क एन्ड अट्रयाक्सन्स प्रालिको २० करोड रुपैयाँको लगानीमा स्काईवाक निर्माण गरिएको परियोजनाका कार्यकारी निर्देशक सञ्जीव रोक्काले जानकारी दिए । धनकुटा र सुनसरीको सीमास्थलमा रहेको भेडेटार आन्तरिक तथा बाह्य पर्यटकको हब मानिन्छ । स्काईवाक सञ्चालनबाट त्यस स्थानको थप आकर्षण बढ्ने दाबी गरिएको छ । परियोजना सञ्चालनका लागि कोशी प्रदेश लगानी प्राधिकरणले २५ वर्षका लागि अनुमति दिएको जनाइएको छ ।

५० मिटर लम्बाइ रहेको स्काईवाक क्यान्टिलिभर टावरको मोडलमा निर्माण भएको परियोजना स्रोतले जनाएको छ । एक पटकमा दुई सय जना हिँड्न सकिने उक्त स्काईवाकको उचाइ १ सय, चौडाइ ४ मिटर र घुम्तीमा १० मिटरको रहेको छ । कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राईको पालामा चार वर्ष पहिले सम्झौता भई निर्माण थालिएको स्काईवाकको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्दैछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमती प्रदेशसभाको बैठक आह्वान
जुम्लामा सिलिन्डर ग्यास अभाव हुने त्रास, वितरण प्रणाली पारदर्शी बनाइने
अन्तरिम सरकारको सिफारिसमा पहिलो अध्यादेश जारी
राष्ट्रियसभा बैठक : जनअपेक्षा पूरा गर्ने योजना ल्याउन सांसदद्वारा सरकारको ध्यानाकर्षण
बाढीले डाइभर्सन बगाउँदा नवलपरासीमा पूर्वपश्चिम राजमार्ग फेरि अवरुद्ध
मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार विश्वासको मत लिने
कांग्रेस महाधिवेशन २०८२ मङ्सिर भित्रै हुनुपर्छ : नेता डा कोइराला
तीनकुने झडपमा दुई प्रहरीसहित पाँच घाइते
रेशम चौधरी पक्राउप्रति सिके राउतको भर्त्सना
‘कुलिङ अफ पिरियड’ छेडखानी समितिले सभामुखलाई बुझायो प्रतिवेदन