उपमेयर सुनिता डंगोलको नाम दुरुपयोग गरी ह्वाट्सएप ठगी, पैसा नपठाउन आग्रह

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, पौष ११, २०८२
|
|
२० पटक हेरिएको
Shares

सारांश

  •   ११ पुुस, काठमाडौं ।
  • काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नाम र तस्बिर प्रयोग गरी ह्वाट्सएपमार्फत ठगी गरिएको घटना सार्वजनिक भएको छ ।
  • नक्कली ह्वाट्सएप एकाउन्ट बनाएर आर्थिक सहयोग मागिएको भन्दै उनले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेकी छन् ।

 

११ पुुस, काठमाडौं ।

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नाम र तस्बिर प्रयोग गरी ह्वाट्सएपमार्फत ठगी गरिएको घटना सार्वजनिक भएको छ ।नक्कली ह्वाट्सएप एकाउन्ट बनाएर आर्थिक सहयोग मागिएको भन्दै उनले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेकी छन् । उपमेयर डंगोलले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत स्क्रिनसट सार्वजनिक गर्दै उक्त ह्वाट्सएप खाता र प्रयोग गरिएको नम्बर आफ्नो नभएको स्पष्ट पारेकी छन् ।

स्क्यामरले आफूलाई अप्ठ्यारो परेको बहाना बनाउँदै ई–सेवाको क्यूआर कोड पठाएर पैसा माग्ने गरेको पाइएको छ । उनका अनुसार यस विषयमा नेपाल प्रहरी र दूरसञ्चार निकायलाई जानकारी गराइसकिएको छ र कानुनी प्रक्रिया अघि बढाइएको छ । उनले कसैलाई पनि उक्त नक्कली खातामार्फत कुनै पनि प्रकारको आर्थिक कारोबार नगर्न आग्रह गरेकी छन् । उपमेयर डंगोलले लेखेकी छन्, ‘मेरो नाम र फोटो दुरुपयोग गरी नक्कली नम्बरबाट पैसा माग्ने कार्य भइरहेको जानकारी प्राप्त भएको छ । यो म होइन र यो मेरो नम्बर पनि होइन । कृपया यस्तो सन्देश आएमा पैसा नपठाउनुहोस् र प्रतिक्रिया पनि नदिनुहोस् ।’ पछिल्लो समय सार्वजनिक पदमा रहेका व्यक्तिको नाम प्रयोग गरी डिजिटल माध्यमबाट ठगी गर्ने घटना बढ्दै गएकाले यस्ता सन्देशप्रति सचेत रहन प्रहरीले पनि आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘डीएसपी हुँ’ भन्दै रेस्टुराँको बिल नतिर्ने व्यक्ति पक्राउ
नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक
कैलालीमा बाढीले बगाएका २ जना महिलाको श*व फेला, एक जना अझै बेपत्ता
कावासोती घटनामा ​स्थानीय र प्रशासनबीच १० बुँदे सहमति
भक्तजनलाई शीतल बनाउन पशुपतिमा ‘कृत्रिम वाटर ड्रपलेट
देशभर बंगालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको प्रभाव
मालपोत प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, कूल १ करोड ५० लाख बिगो माग
रेडियो नेपाल आवाजविहीनहरूको आवाज बन्नुपर्छ : राष्ट्रपति
संसद्‌मा उठ्यो रंगशालामा दर्शक पिटिएको घटना
पाल्पामा बुवा र दिदीको कुटपिटबाट एक युवकको मृत्यु