कावासोती नगरपालिकामा तोडफोड

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, जेठ ३२, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   ३२ जेठ, चितवन ।
  • नाला पुरिएर ३ जना कामदार महिलाको मृत्यु भएको घटनाको विषयमा आन्दोलनमा उत्रिएका प्रर्दशनकारीले पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा तोडफोड गरेका छन् ।
  • बिहीबार कावासोतीको फलफूल चोकमा निर्माणाधीन नालाको माटोले पुरिएर ३ जना कामदार महिलाको मृत्यु भएको थियो ।

 

३२ जेठ, चितवन । नाला पुरिएर ३ जना कामदार महिलाको मृत्यु भएको घटनाको विषयमा आन्दोलनमा उत्रिएका प्रर्दशनकारीले पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा तोडफोड गरेका छन् ।

बिहीबार कावासोतीको फलफूल चोकमा निर्माणाधीन नालाको माटोले पुरिएर ३ जना कामदार महिलाको मृत्यु भएको थियो । झण्डै २ सय जना स्थानीयले नगरपालिका बाहिर नाराबाजी गर्दै ढुंगा तथा इट्टा प्रहार गरेका थिए । स्थानीयको आक्रमणका कारण नगरपालिका भवनको पूर्वतर्फको झ्यालढोका फुटेका छन् । बिहीबार नाला पुरिएर भएको दुर्घटनामा कावासोती नगरपालिका ५ की सेती राना, तानमाया गाहा र चमेली सिंजालीको मृत्यु भएको थियो । मृतकहरुको शव मध्यबिन्दु अस्पतालमा राखिएको छ ।

वर्षा लागेपछि काम सुरु गरेको, नगरपालिकाले उचित अनुगमन नगरेको तथा कार्यस्थलमा मजदुरको सुरक्षामा उचित ध्यान नदिएको भन्दै स्थानीयले बिहीबार राति नै नगरप्रमुख विष्णुप्रसाद भुषालको घर घेराउ गरेर नाराबाजी गरेका थिए । कावासोती नगरपालिकाको शुक्रबार बसेको कार्यपालिकाको आकस्मिक बैठकले मृतक महिलाको शोकमा आज बिदा दिने निर्णय गरेको छ ।

मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिने प्रतिबद्धता पनि नगरपालिकाले गरेको छ । नगरपालिकाले ढल निकासका लागि वैशाख ३० गते सम्झौता गरेर उपभोक्ता समितिमार्फत कावासोतीको थाना चोकदेखि पूर्वतर्फ ढल निकासको काम अगाडि बढाएको थियो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन सातादेखि ठप्प रहेको तमोर जलविद्युतको उत्पादन सुरु
नारायणगढमा समातिएको बाघ निकुञ्जमा छाडियो
आज जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कमिटी बैठक बस्दै
राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा
मतदाता नामावली अद्यावधिक सकियो, ८.३७ लाख नयाँ मतदाता थप
बालबालिकालाई मोबाइलको भर्चुअल संसारबाट फुटबलमा जोड्दै उज्ज्वल मानन्धर
काठमाडौँ महानगरको आगामी आर्थिक वर्षको बजेट माथि छलफल सुरु
विराटनगरमा प्रहरीको सुरक्षा घेरा तोडेर अस्पतालबाटै जबरजस्ती करणी मुद्दाका कैदी फरार
बूढानीलकण्ठमा प्रहरीको छापा : २४ भारतीय पक्राउ, डेढ अर्बको अनलाइन जुवा कारोबार
राप्रपाले आज पनि गर्‍यो संसद बहिष्कार