तीन सातादेखि ठप्प रहेको तमोर जलविद्युतको उत्पादन सुरु

nepaltathya_news nepaltathya_news
|
आइतबार, पौष २०, २०८२
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • २० पुष, काठमाडौँ ।
  • सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत उत्पादन सुरु भएको छ ।
  • करिब तीन साता अघिदेखि उत्पादन ठप्प रहेको ७३ मेगावाट क्षमताको विद्युत उत्पादन पुन सुरु भएको हो।

२० पुष, काठमाडौँ ।

सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत उत्पादन सुरु भएको छ । करिब तीन साता अघिदेखि उत्पादन ठप्प रहेको ७३ मेगावाट क्षमताको विद्युत उत्पादन पुन सुरु भएको हो।

ताप्लेजुङमा उत्पादन गरेका मध्ये सबैभन्दा धेरै क्षमताको जलविद्युत सानिमाको गत मङ्सिर अन्तिम सातादेखि उत्पादन ठप्प भएको थियो । पावर हाउस (विद्युत गृह) लगायतको क्षेत्रमा प्राविधिक समस्या उत्पन्न भएकाले विद्युत उत्पादन अवरुद्ध भएको थियो ।

उपकरणहरूमा आएको समस्या समाधान पछि शनिबार रातिदेखि विद्युत उत्पादन सुरु भएको जलविद्युत कार्यालयका प्रशासन प्रमुख तथा वातावरण अधिकृत करण गौतमले जानकारी दिए। केही उपकरणमा प्राविधिक समस्या उत्पन्न भएकै समयमा हरेक वर्ष गर्नुपर्ने नियमित मर्मत तालिकाको कार्यलाई समेत एकै साथ गरी उत्पादन सुरु गरिएको अधिकृत गौतमको भनाइ छ ।

जलविद्युतको उत्पादन करिब दुई वर्ष अघिदेखि सुरु भएको थियो । उत्पादित विद्युतलाई बसन्तपुर सबस्टेसन मार्फत केन्द्रीय प्रसारण लाइनमा समाहित गरिएको छ । मैवाखोला गाउँपालिकाको ढुंगेसाँघु सबस्टेसनमा एक सय ३२ केभिए क्षमताको मात्र उपकरण रहेकाले वसन्तपुर सबस्टेसन मार्फत जडान गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?