महासमिति बैठकको समापन अघि कांग्रेसका शीर्ष नेताको बैठक बस्ने

nepaltathya_news nepaltathya_news
|
बिहिबार, फाल्गुन १०, २०८०
|
|
१२ पटक हेरिएको
Shares

सारांश

  • १० फागुन, काठमाडौं ।
  • नेपाली कांग्रेसका महासमिति बैठकको समापन अघि पदाधिकारी र पूर्वपदाधिकारीको बैठक गोदावरीमा बस्ने भएको छ ।
  • बैठकको बन्द सत्रबाट आएका सुझावहरुलाई प्रदेश सभापतिहरुले शीर्ष नेताको बैठकमा पेस गर्ने कार्यतालिका छ ।

१० फागुन, काठमाडौं । नेपाली कांग्रेसका महासमिति बैठकको समापन अघि पदाधिकारी र पूर्वपदाधिकारीको बैठक गोदावरीमा बस्ने भएको छ ।

बैठकको बन्द सत्रबाट आएका सुझावहरुलाई प्रदेश सभापतिहरुले शीर्ष नेताको बैठकमा पेस गर्ने कार्यतालिका छ । बुधबारदेखि सुरु भएको प्रतिवेदनमाथि छलफल बिहीबार बिहानी सत्रमा पनि जारी छ । प्रतिवदेनमा प्रतिनिधिले राख्ने धारणा सकिए लगत्तै सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक बोलाएका हुन् । बैठक गोदावरीस्थित भिलेज रिसोर्टमा बस्ने भएको छ ।

शीर्ष नेताको बैठक पछि आज नै समापन समारोह गरिने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी गराए । सोमबारदेखि सुरु भएको महासमिति बैठकमा बुधबारदेखि प्रतिवेदन माथि प्रतिनिधिले धारणा राखिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मविरुद्ध कोही नउठ्ला भन्ने आशा अझै छ : अध्यक्ष ओली
नागरिकको गास, बास र कपासमा ध्यान दिन काँग्रेस सांसद भट्टद्वारा सरकारको ध्यानाकर्षण
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति
भारत नेपालमा व्यवस्था उल्ट्याउने पक्षमा छैन – बाबुराम भट्टराई
खैरो हेरोइनसहित ४ जना पक्राउ
रास्वपा प्रदेश सभा खारेजीको पक्षमा छः मनिष झा
बारामा छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु, २ जना घाइते
प्रधानमन्त्री कार्कीलाई उज्यालो नेपाल पार्टीले बुझायो बधाई ज्ञापन
धादिङबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु, ८ घाइते
अमेरिकी डलरसहित विराटनगर विमानस्थलबाट एक व्यक्ति पक्राउ