सुनको मूल्यमा गिरावट, बढ्यो चाँदी
सारांश
- २७ जेठ, काठमाडौं ।
- नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ।
- चाँदीको मूल्यमा हल्का वृद्धि भएको छ।

२७ जेठ, काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ। चाँदीको मूल्यमा हल्का वृद्धि भएको छ। सोमबार प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँ रहेको सुनको मूल्य मंगलबार ६०० रुपैयाँले घटेर एक लाख ९० हजार रुपैयाँ कायम भएको छ।

यसैगरी, चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ। सोमबार प्रतितोला दुई हजार १५० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार १५ रुपैयाँले बढेर दुई हजार १६५ रुपैयाँ पुगेको छ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया