मानव तस्करीमा संलग्न रहेको आरोपमा १ जना पक्राउ

nepaltathya_news nepaltathya_news
|
बुधबार, बैशाख २६, २०८१
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • २६ वैशाख, काठमाडौं ।
  •   मानव तस्करीमा संलग्न रहेको अभियोगमा कैलाली गौरीगंगा नगरपालिका-२ घर भई ललितपुर, ललितपुर महानगरपालिका-७ झम्सिखेल बस्ने ४१ वर्षीय तेज राम चौधरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर झम्सिखेलबाट पक्राउ गरेको हो ।

२६ वैशाख, काठमाडौं ।  मानव तस्करीमा संलग्न रहेको अभियोगमा कैलाली गौरीगंगा नगरपालिका-२ घर भई ललितपुर, ललितपुर महानगरपालिका-७ झम्सिखेल बस्ने ४१ वर्षीय तेज राम चौधरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर झम्सिखेलबाट पक्राउ गरेको हो । चौधरीले अमेरिका पठाइदिन्छु केही समय ब्राजिलमा गएर काम गर्नुपर्ने र फिलिपिन्स हुँदै जानु पर्छ भनि भन्दै ४ जना पीडितहरूबाट पटक पटक गरी जम्मा १ करोड १८ लाख ५९ हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

साथै पीडितहरूलाई ब्राजिलको वर्किङ भिसामा लगाई श्रम स्वीकृति समेत निकाली फिलिपिन्स पुर्‍याएकोमा त्यहाँको अध्यागमनले नक्कली कागजात भनि फिर्ता पठाएको, पीडितहरू नेपाल फर्केपछि पुनस् दिल्ली पुर्‍याई होटलमा बन्धक बनाएको र पीडितहरूले ३९ लाख रूपैयाँ बुझाएपछि होटलबाट मुक्त भएको समेत खुल्न आएको छ । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कूटनीतिक सम्बन्धको ७० वर्षगाँठमा राष्ट्रपति पौडेल जापान जाँदै
चितवनमा १६ जना सवार माइक्रो बस ट्यांकरसँग ठोकियो
रेशम चौधरी पक्राउबारे गृहमन्त्री : पक्राउको पत्र ‘फेक’ भएपछि रिहा गर्ने वातावरण बन्यो
गाजामा इजरायली हवाई आक्रमणः ११४ जनाको मृत्यु
ललितपुरमा बाटो मर्मत गर्दा पोल ढलेर एक जनाको मृत्यु
एकैदिन ७ हजार ८ सयले घट्यो सुनको मूल्य
मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी
‘लोकतन्त्रको जग भत्काउने पूर्वसर्त राखेर सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो’
पाँच युवतीलाई अवैधरुपमा भारत लैजान खोज्ने एक व्यक्ति पक्राउ
तेस्रो सेट आफ्नो पक्षमा पार्दै नेपालले लियो २-१ को अग्रता