रेशम चौधरी पक्राउबारे गृहमन्त्री : पक्राउको पत्र ‘फेक’ भएपछि रिहा गर्ने वातावरण बन्यो

nepaltathya_news nepaltathya_news
|
बिहिबार, बैशाख २५, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   २५ वैशाख, काठमाडौँ ।
  • गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ परेपछि सर्वोच्च अदालतका रजिष्ट्रारलाई फोन गरेर सोधेको बताएका छन् ।
  • प्रतिनिधिसभा बैठकमा बिहीबार चौधरी पक्राउको विषयमा जवाफ दिँदै लेखकले भने,‘रेशम चौधरीलाई पक्राउ गर्ने आदेशबारे रजिष्ट्रारलाई फोन गरेर सोधेँ, सुरुमा रजिष्ट्रारले अनभिज्ञता प्रकट गर्नुभयो ।

 

२५ वैशाख, काठमाडौँ ।

गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ परेपछि सर्वोच्च अदालतका रजिष्ट्रारलाई फोन गरेर सोधेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बिहीबार चौधरी पक्राउको विषयमा जवाफ दिँदै लेखकले भने,‘रेशम चौधरीलाई पक्राउ गर्ने आदेशबारे रजिष्ट्रारलाई फोन गरेर सोधेँ, सुरुमा रजिष्ट्रारले अनभिज्ञता प्रकट गर्नुभयो ।’

संरक्षक चौधरीलाई पक्राउको पत्र आधिकारीक नभएको र थप छानबिन भइरहेको जानकारी प्राप्त भएपछि चौधरीलाई रिहा गर्ने वातावरण बनेको गृहमन्त्री लेखकले संसद् बैठकमा जानकारी गराए ।  उनले भने,‘शाखा अधिकृतको विवेक बाहिरको पत्रको आधारमा पक्राउ पर्नुभएका रेशम चौधरीलाई रिहा गर्न सर्वोच्चले नै पत्र लेखेपछि उहाँलाई तत्काल रिहा गर्ने वातावरण बनेको हो ।’पत्र लेख्ने शाखा अधिकृत महिमानसिंह विष्टलाई तत्काल पक्राउ गरेर झुटा जानकारी दिन नहुने र आदेशको अवज्ञा गर्न नहुने समेतका मुद्दामा अदालतबाछ म्याद लिएर अनुसन्धान भइरहेको गृहमन्त्री लेकले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?