सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, जेठ ३०, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • जनार्जन खत्री  ३० जेठ, सर्लाही ।
  • नेपाली सेनाले सर्लाहीको बरहथवा नगरपालिका–११, हीरापुरमा बर्थिङ सेन्टर भवन निर्माण गरेर नगरपालिका कार्यालयलाई हस्तान्तरण गरेको छ ।
  • बर्थिङ सेन्टर भवनको आज बिहान नेपाली सेना मध्य पूर्वी पृतना बर्दीवास महोत्तरीका पृतनापति एवं उपरथि कृष्णबहादुर जिसीले बरहथवा नगरपालिकाका प्रमुख कल्पनाकुमारी कटुवाललाई हस्तान्तरण गरेका हुन् ।

जनार्जन खत्री 

३० जेठ, सर्लाही । नेपाली सेनाले सर्लाहीको बरहथवा नगरपालिका–११, हीरापुरमा बर्थिङ सेन्टर भवन निर्माण गरेर नगरपालिका कार्यालयलाई हस्तान्तरण गरेको छ । बर्थिङ सेन्टर भवनको आज बिहान नेपाली सेना मध्य पूर्वी पृतना बर्दीवास महोत्तरीका पृतनापति एवं उपरथि कृष्णबहादुर जिसीले बरहथवा नगरपालिकाका प्रमुख कल्पनाकुमारी कटुवाललाई हस्तान्तरण गरेका हुन् । नेपाली सेनाको शीघ्र प्रभावी आयोजना अन्तर्गत ४५ लाख ९५ हजार रुपियाँ लागतमा भैरवी दल गणले बर्थिङ सेन्टर भवन निर्माण गरेको हो । चार कोठे बर्थिङ सेन्टर भवनमा पोष्ट डेलिभरी, प्रि डेलिभरी, क्लिनिकल र रजिष्टेशन तथा फार्मेसी रहेका छन् । भवनभित्र एउटा सानो कोठा (अटो क्लेब रुम) र भवन भित्र तथा बाहिर गरी दुईवटा शौचालय समेत रहेका छन् । बर्थिङ सेन्टरलाई दुईवटा हस्पिटल बेड, एउटा क्लिनिकल बेड, एउटा डेलिभरी बेड, दुई थान थ्रि–सिटर भिजिटर चेयर, पाँच थान भिजिटल चेयर र दुई थान टेबल समेत प्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै मध्य पूर्वी पृतनाका पृतनापति एवं उपरथि जिसीले ग्रामणी भेगका गर्भवतीलाई सुरक्षित हिसाबले प्रसूति गराउने मुख्य उद्देश्यसहित सेनाले भवन निर्माण गरेको बताए । बरहथवा नगरपालिकाकी प्रमुख कटुवालले आगामी आर्थिक वर्ष २०८२/८३ मा बजेट विनियोजन गरेर बर्थिङ सेन्टर सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गरेकी छन् । अहिले बजेट निर्माणकै चरणमा रहेकाले नवनिर्मित बर्थिङ सेन्टरका लागि प्राथमिकताका साथ आवश्यक जनशक्ति र उपकरणको व्यवस्था मिलाइने बताईन् । नगर प्रमुख कटुवालले बर्थिङ सेन्टर सञ्चालनको प्रक्रियामा केही महिना आफ्ना दक्ष चिकित्सक प्रदान गरेर नगरपालिकाले राख्ने स्वास्थ्यकर्मीलाई सहयोगको व्यवस्था मिलाइदिन नेपाली सेनासँग अनुरोध गरिन् ।

बर्थिङ सेन्टर भवन उद्घाटन एवं हस्तान्तरण कार्यक्रममा नेपाली सेनाको ९ बाहिनी सिन्धुलीका बाहिनीपती एवं सहायक रथी युवराज कार्की, भैरवी दल गणका गणपति एवं प्रमुख सेनानी सूर्यबहादुर कार्की, कालीध्वज गणका गणपति गोबिन्द विष्ट, बरहथवा नगरपालिका–११, का वडाध्यक्ष नवराज राईलगायतको उपस्थिति रहेको थियो । बर्थिङ सेन्टर भवन निर्माण गर्ने भैरवी दल गण हाल काठमाडौंको नार्गाजुनमा तैनाथ रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपचुनाव हुने क्षेत्रमा ३ दिन विद्यालय बन्द हुने
सिरहाको गोल बजारमा ६ सिलिण्डर विष्फोट, होटल पुर्णरूपले ध्वस्त। 
महेश बस्नेत सहितका नेतामाथि विराटनगरमा भएको आक्रमण प्रयासप्रति एमालेको आपत्ति
सातै प्रदेश र ७७ जिल्लाका सभापतिलाई पोखरामा प्रशिक्षण दिंदै कांग्रेस
जेनजी आन्दोलनमा प्रहरीलाई ‘आमाबुवाबारे सोच्नुस्’ भन्ने यमबहादुरले गरे आफ्नै आमाको विभत्स ह*त्या
बुवाको ह*त्यामा संलग्न छोरा पक्राउ
प्रदेशमा भ्रष्टाचारविरुद्धको अभियान सशक्त बनाइनेछ : मुख्यमन्त्री सिँह
नेता रिहाइका लागि राप्रपाले आमसभा गर्ने, दबाबका कार्यक्रम निरन्तर चल्ने
सिरहाको नवराजपुरमा मैथिली भाषाको पाठ्यपुस्तक लागू
सरकारमा रहेका सबै मन्त्रीहरूको मापसे जाँच गर्न हर्कको माग