एसीसी प्रिमियर कप: तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै

nepaltathya_news nepaltathya_news
|
शनिबार, बैशाख ८, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • ८ वैशाख, काठमाडौं ।
  • एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगितामा तेस्रो स्थानका लागि नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
  • शुक्रबार पहिलो सेमिफाइनल खेलमा यूएईसँग पराजित नेपालले आज तेस्रो स्थानका लागि हङकङसँग खेल्ने भएको हो ।

८ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगितामा तेस्रो स्थानका लागि नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

शुक्रबार पहिलो सेमिफाइनल खेलमा यूएईसँग पराजित नेपालले आज तेस्रो स्थानका लागि हङकङसँग खेल्ने भएको हो । दुई देशबीचको खेल नेपाल समयानुसार अपराह्न सवार ४ बजे हुरू हुनेछ । हारसँगै नेपालले आगामी वर्ष आयोजना हुने एसीसी एसिया कप खेल्ने सम्भावना पनि समाप्त भएको छ । शुक्रबार राति नै खेलिएको अर्को सेमिफाइनल खेलमा आयोजक ओमानले हङकङलाई ५ विकेटले हराएको थियो ।

नेपालले गत वर्ष यूएईलाई हराएर एसिया कप खेलेको थियो। यस पटक नेपालले समूह चरणका सबै ४ खेल जितेर विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो। फाइनल खेल भने आइतबार ओमान र यूएईबीच हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?