संसद्‌मा गोकुलको प्रश्न- सरकारले सुन्दैन, शून्य समयको के काम ?

nepaltathya_news nepaltathya_news
|
बुधबार, माघ २४, २०८०
|
|
१४ पटक हेरिएको
Shares

सारांश

  • २४ माघ, काठमाडौं ।
  • नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रतिनिधि सभाको शून्य समयको औचित्यबारे प्रश्न उठाएका छन् ।
  • जनप्रतिनिधिले उठाएका आवाज सरकारले नसुनेको भन्दै त्यसको औचित्यबारे प्रश्न उठाएका हुन् ।

२४ माघ, काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रतिनिधि सभाको शून्य समयको औचित्यबारे प्रश्न उठाएका छन् ।

जनप्रतिनिधिले उठाएका आवाज सरकारले नसुनेको भन्दै त्यसको औचित्यबारे प्रश्न उठाएका हुन् । आजको प्रतिनिधि सभा बैठकको शून्य समयमा पूर्वमन्त्री बास्कोटाले आफ्नो गृहजिल्ला काभ्रेका किसानहरुले बेचेको दूधको मूल्य नपाएको र त्यहाँको बाटो पिच नभएको गुनासो गरेका थिए । आफूले पटक-पटक कुरा उठाउँदा पनि बाटो नबनेको उनले बताए । ‘नबोले पनि हुन्थ्यो । बोल्न किन पर्यो भने मन्त्रीहरु यहाँ छेउँछाउँमा आएर बस्नुहुन्छ,’ भन्दै बोल्न सुरु गरेका बास्कोटाले जनप्रतिनिधिको आवाज सरकारले नसुनेकाले ‘शून्य समयको के भ्यालु’ भनेर प्रश्न गरे ।

बास्कोटाले भने, ‘प्रधानमन्त्रीको भनाइ के छ रामराज्य आइसक्यो । यही हो रामराज्य ? योभन्दा नालायक, योभन्दा गतिहीन, योभन्दा जवाफदेहिताविहीन सरकार इतिहासमा कहिल्यै थिएन । जसको न कान छ, न आँखा छ । कहिले सुन्छ सरकारले ? त्यसैले शून्य समयको के भ्यालु ?’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खानेपानीमन्त्री यादव स्पेन प्रस्थान
आम निर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गर्न डा. शेखरको प्रस्ताव
सुदूरपश्‍चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने माओवादीको निर्णय
ट्रम्पलाई चीनको जवाफः अमेरिकी आयातमा १२५ प्रतिशत ‘ट्यारिफ’
कैलाली-२ मा रास्वपाका २६ वर्षीय केपी खनाल विजयी
क्रिकेट संघद्धारा फाइनल खेलको टिकट बिक्रीबाट आउने रकमको आधा भूकम्प पीडितलाई दिने घोषणा.
सिन्धुलीमा सवारी दुर्घटनाः एक युकको मृत्यु, एक गम्भीर
कोशी प्रदेश मन्त्रिपरिषद् विपद् कोषमा १५ करोड जम्मा गर्ने
सभापति देउवा भृकुटीमण्डप जाने कुनै कार्यक्रम छैन : सचिवालय
कांग्रेसको नेतृत्वमा सरकार बनाउन लाग्छौं : गृहमन्त्री लेखक