ईपीएस भाषा परीक्षाको मिति तय गर्न अझै केही दिन लाग्ने

nepaltathya_news nepaltathya_news
|
बुधबार, माघ २४, २०८०
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • २४ माघ, काठमाडौं ।
  •  काठमाडौँ ।
  • कोरियन भाषा परीक्षाको मिति तय हुन अझै केहि दिन लाग्ने भएको छ।

२४ माघ, काठमाडौं । काठमाडौँ । कोरियन भाषा परीक्षाको मिति तय हुन अझै केहि दिन लाग्ने भएको छ।

वैदेशिक रोजगार विभाग ईपीएस शाखा कार्यालयले ईपीएस भाषा परीक्षाको मिति तय हुन अझै समय लाग्ने जनाएको हो। उत्पादनमूलक क्षेत्र (Manufacturing Sector) तर्फको कोरियन भाषा परीक्षाबारे माघ २२ गते सूचना प्रकाशित गर्ने तय भएको थियो । तर, प्राविधिक कारणले परीक्षाबारे विस्तृत विवरण सार्वजनिक गर्न कहि समय लाग्ने जनाएको हो ।  १९ मंसिरमा सार्वजनिक गरिएको सूचना अनुसार कोरियाका लागि उत्पादनमूलक क्षेत्रका लागि आवेदन आह्वान गरेको थियो। र परीक्षाबारे विस्तृत जानकारी माघ २२ मा प्रकाशित गर्ने जनाएको थियो । आवेदनहरूलाई रूजु गर्ने काम नसकिएकाल परीक्षा मिति सार्वजनिक गर्न अझै समय लाग्ने ईपीएस कोरिया शाखाका शाखा अधिकृत कमल श्रेष्ठले बताए।  ईपीएसमार्फत कोरिया जानका लागि १ लाख ६४ हजार भन्दा बढिले आवेदन दिएका छन्। आवेदनकर्ता निकै बढि भएकाले रूजु गर्ने समय लागिरहेको उनको भनाइ छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?